18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बसन्त“विवश”आचार्य September 1, 2009, 7:33 pm

तिम्रै कारण भएको छु वदनाम यो शहरमा

लागेको छ खुसिभरि लगाम यो शहरमा

न वोल्छ कोहि दिल खोलेर न मुस्काउछ

सुन भन्दा महंगो छ मुस्कान यो शहरमा

क्षितिजमा मेल हुन्छ आकाश र धरतिको

छैन हाम्रो भेट हुने दोभान यो शहरमा

मौसम झै वदलिन्छन् वचनका रङहरु

भेटिदैन ईमान कतै वेईमान यो शहरमा

आफ्नै अस्तित्वलाई वुझ्न नसकेपछि

वनेको छ फूल पनि चट्टान यो शहरमा

तुलसीपुर, दाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।