मन भित्र लाग्छ काउकुति कता कता
तिम्ले स्पर्स दिँदा यताउति कता कता
खुलाई दिउँकी सारा मेरा मनको कुरा
अँधेरीले चुमेको अनुभुति कता कता
उर्लन्छन् कति चाहाना मुटु भरि भरि
भन्ने गर्छु सपनीमा सुतिसुति कता कता
नशा बैशको लुकाउ भन्छु पोखि दिन्छ
गायि दिउँ कि कामदेवको स्तुति कता कता
इन्द्रेणीपोखरी ३, खोटाङ्ग
३१ अगष्ट ००९