यसपालीको दशैंमा म पनि घर आउने भो आमा
माथमा आँकुरा सिउँरेर पिङ खेल्न पाउँने भो आमा
गोड्दै होलीन् सानी बहिनी सयपत्री फूलको बोट
धेरै पछि तिम्रो हातले मैले टिका लाउने भो आमा
बर्षौं सम्म हिड्न पाईन गाउँ बेँसीको गोरेटोमा
बर भञ्ज्याङको चौतारीमा मैले सेलो गाउँने भो आमा
बोलाउनु है दिदी बहिनी डाँडा पारी खबर पठाई
यो पालीको दशैं तिहार उल्लाषले छाउने भो आमा
पाण्डे बाजे झ्याम्टा–मादल, साङ्गे भाईले डम्फू बजाउ
यसपाली त गाउँ बेँसीमा रमाई–रमाई धाउँने भो आमा
नेत्रकाली–७, सिन्धुली, हाल: कतार