18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश बन्जरा 'बिहानी' August 29, 2009, 10:55 pm

भमरा बनि आएँ भने फूल बनि दिनु सानी

तिर्खाएँछु प्यासमा भने मूल बनि दिनु सानी

थाक्दै आए कहिँ कतै प्रेम रुपि सँसारबाट

छहारीमा दुःख मेट्ने टुल बनि दिनु सानी

माया माथि बर्सिएर भेल बाढी आयो भने

मुटुमाथि ढुङ्गा राखि पुल बनि दिनु सानी

मनै त हो बरालिँदै दायाँ बाँया लाग्न सक्छ

देखे पनि नदेखेझैँ भुल बनि दिनु सानी

साउने चउर —९ खोटाङ्ग, हाल: दोहा कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।