म वारि वगरमा बस्दा तिमी पारि गइ बस्यौ
पहाडझैं म चुलिंदामा ज्वालामुखी भइ फुट्यौ
अटल मुहान हौ सम्झी बग्न लाग्दा तिमीसँगै
धोकेबाज निक्लेउ प्रियसी खहरे तिमी भइ सुक्यौ
पवित्र बोट तुलसी ठानी यो दिल बारीमा रोप्दा
झुक्याउदि रैछौ मायालु सिस्नु तिमी भइ पोल्यौ
माहुरी घार भान परि मह काढ्न लाग्दा
दुबिधामा पो रैछु म, अरिंगाल तिमी भइ टोक्यौ
मोहकतामा छाँद हाली परिगए म फन्दामा,
नगरि "बल" सजाउभन्दा काँडा तिमी भइ घोच्यौ
डडेलधुरा
हाल: कोरिया