18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिष्णु नन्द चाम्लिङ्ग August 27, 2009, 7:02 pm

तिमी फूल भै फुल्दा पात बन्न सकिन

बर्णन गर्ने तिम्रो म बात बन्न सकिन

बिहानीको बतासले हाँगाबट झरि दिँदा

टिपि ल्याई सजाउने म हात बन्न सकिन

रङ्गीनछ यो जगत तिम्रो मिठो मुस्कानले

तिम्रो सौन्दर्य हेरि म घात बन्न सकिन

बसन्त बहार सँगै तिमी मग मगाउँदा

तर तिम्रो निम्ति म सौगात बन्न सकिन

इन्द्रेणी पोखरी ३, खोटाङ्ग

२२ अगष्ट ००९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।