18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश बन्जरा 'बिहानी' July 28, 2009, 6:34 pm

हुरी बनी पस्न खोज्छौ

मनभित्रै बस्न खोज्छौ

सहिरहेँ अचानो भै

खुकुरी भै खस्न खोज्छौ

चाहेर या नचाहेर

मलाइ नै डस्न खोज्छौ

स्वार्थ थियो सायद तिम्रो

अँगालोमा कस्न खोज्छौ

हाका हाकी भने हुन्छ

किन चिप्लो घस्न खोज्छौ

साउने चउर -९, खोटाङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।