18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिष्णु नन्द चाम्लिङ्ग July 27, 2009, 7:00 pm

प्रथम भेटमा तिमीले सलामी दियौ

दोस्रो भेटमै फेरी बदनामी दियौ

चाहान्थे जिन्दगी उदाहरण बनोस

सबले घृण गर्ने कहानी दामी दियौ

आशा थियौ प्रभातको किरण हेर्ने

मेरै सामु पहाड ल्याइ थामी दियौ

पालेको थिएँ अजम्बरी बाँच्ने रहर

किन यति चाँडै मलामी दियौ

२६ जूलाइ, ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।