मैनबत्ती बले झै बल्दैछ रे राजनीति
यसो उसो खोई कसो चल्दैछ रे राजनीति
गिरिजा बावु अझै नै तगडा नै हुनुहुन्छ
प्रचण्डले गर्दा खेरी गल्दैछ रे राजनीति
माधवले खाए कसम संविधान बनाई छाड्ने
संकटको घडी टर्याछैन जल्दैछ रे राजनीति
कुर्सीको नै तछाड मछाड जनता चाही हेर्या हेर्यै
नेताज्यूहरु कै गोजी भित्र फल्दैछ रे राजनीति
लखनपुर-४ झापा