मनको कुरा भन्दिन भन्छ्यौ
ब्यर्थमा तगारो बन्दिन भन्छ्यौ ।
जीवनमा कठिनाइँ झेल्न बिर्सी
भिरको बाटो खन्दिन भन्छ्यौ ।
सफलताको मिठो कथा नकोर्दै
आकासका तारा गन्दिन भन्छ्यौ।
सँगै यात्रा गर्ने रहरहरु मारेर
प्रेमको रथ तान्दिन भन्छ्यौ ।
[email protected]
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।