18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिष्णु नन्द चाम्लिङ्ग July 22, 2009, 7:53 pm

प्रियसीको नजरमा कति कति डुले हजुर

परेलीका ओठ भरी कयौ चोटि फुले हजुर

तिम्लॆ बाटो भुले देखि यो मन कति फाटे

सम्झनाकै धागो बनाई कयौ चोटि तुने हजुर

तिम्रो यादले पिरोलीदा आँशु कति झरे

मधुरसमा आफुलाई नै कयौ चोटि घूले हजुर

बतासले मगमगाउदो फूलको बास्ना छर्दा

तिम्रो यादमा कल्पि बस्दा आफुलाई भुले हजुर

[email protected]

इन्द्रणी पोखरी ३, खोटाङ्ग, दिक्तेल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।