18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल केदार श्रेष्ठ 'गगन' July 21, 2009, 4:42 am

अब कसैसँग मायाप्रीति लाउँदिन म

तिम्रै लागि मठमन्दिर धाउँदिन म ।

गयौ टाढा मुर्छा पारी मुटुमा छुरा धसी

रुँदै-रुँदै दौडिदै तिम्रो पछि आउँदिन म ।

एकैछिन रमाए नि घातक हुँदो रैछ माया

प्रेम-पत्र पढी अब कहिले पनि रमाउँदिन म ।

लुक्दैभाग्दै हिड्छौ तिमी गगनभन्दा मािथ

मेरै अघि हिँडे हुन्छ झुक्किएर नि समाउँदिन म ।

भीमस्थान-५सिन्धुली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।