18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गोपाल झापाली July 14, 2009, 7:13 pm
गोपाल झापाली
गोपाल झापाली

कति गर्नु सधै कुरा दुखि राख्या माढी जस्तो

एकछि गरौ बात मुस्ताङ पुग्या गाडी जस्तो

माघ कटे'सी कसले सोध्थ्यो मकलमा बल्या आगो

मकैको सधै चर्चा बिर्सिराख्या हाडी जस्तो

हास्ने बेला आयो अव नाच्ने सँगै हात समाई

मन दुख्ने घाउ विसाऔ कोशीको त्यो बाढी जस्तो

आकाशको कुरा गरौ जुन अनी घामको पिन

निसासिने अब छोडौ एकलासको झाढी जस्तो

दमक- झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।