18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल केदार श्रेष्ठ 'गगन' July 14, 2009, 1:58 am

मलाई पराई ठान्यौ ठिकै छ

मुखमै लात हान्यौ ठिकै छ ।

जिवनसाथी बनाउछु भन्दाभन्दै

अर्कैलाई आफ्नो मान्यौ ठिकै छ ।

म छु सुदामा धनीहरुको अघि

कुवेरलाई तिमीले रोज्यौ ठिकै छ ।

'गगन'को तारालाई छाडि तिमीले

लालटिनलाई आफूतिर तान्यौ ठिकै छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।