18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उमेश राई 'अकिन्चन' July 14, 2009, 1:46 am

फूल पनि झरेपछि माटो हुन्छ

काँडा पनि टेकेपछि बाटो हुन्छ

कहाँ हुन्छ जून सधै आकाशमा

मौसम पनि चिसो र तातो हुन्छ

उदाउदै गर्दा घाम हेर क्षितिजमा

त्यो पनि शुरुवातमा रातो हुन्छ

चिन्दैन दुनिया असली मान्छे

इमान्दार पनि यहाँ लाटो हुन्छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।