18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल केदार श्रेष्ठ 'गगन' July 5, 2009, 11:56 pm

दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि

चुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि ।

गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैन

सिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि ।

मन्त्री, प्रधानमन्त्री सबै रमिते भो खै किन आज

अठारौ सताब्दीका नारी झै शीरमा सिन्दुर हाले पछि ।

लुते,लाम्रे भनी हेपेका हौला गगनलाई ए सधियार

वलभद्र, भक्तीको याद आउँला दिउसै बत्ती बाले पछि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।