18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल खगेन्द्र थापा July 4, 2009, 8:38 pm

जे भने नि रोइदिने निष्ठुरीको बानी रै'छ

आनिबानी जे भए नि मन भने दानी रै'छ

परपर हुनखोज्थेँ तिमी नजिक हुनखोज्दा

आज पनि देखिहाले आँखाभरि पानी रै'छ

जीवनदेखि राएर अर्कै बाटो हिड्दैथिए

फुत्कू भन्छु आजभने मोहनीले तानी रै'छ

झल्मलायो तन मन आज तिमी सामूपर्दा

बल्लबुझे तिम्रो दिल पिरतीको खानी रैछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।