18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

टुँडाललाई नजिकबाट हेर्दा

कृति/समीक्षा छविरमण सिलवाल July 2, 2009, 10:54 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

नेपाली साहित्यको फाटमा अत्यन्त लोकप्रिय नाम हो कृष्ण धरावासी । २०६२ सालमा उनको पुस्तक 'राधा' उपन्यासले मदन पुरस्कार पनि प्राप्त गरिसकेको छ । यसअघि पनि उनका थुप्रै लोकप्रिय भै सकेका छन् । शरणार्थी झोला तपाइँ आदि पुस्तक लगायत डेढ दर्जन पुस्तकका धनि धरावासीले हालै 'टुँडाल' उपन्यास वजारमा ल्याएकाछन् । अत्याधिक चर्चाको विषय बनेको उक्त टुँडालका भित्रि कुराहरुलाई कोट्याउँने कोसिस गरिएको छ । यो उपन्यास महिला यौन मनोविज्ञानमा आधारित छ । मन्दिरका भित्ताहरुमा भएका यौन आकृत नाङ्गा पुरुष र नाङ्गा महिलाहरुको चित्रहरु बनाई राखेको टुँडालले उत्सुकता जगाएको छ । भर्खर उमेर चढ्दै गरेका किशोर किशोरीहरुमा त्यौ कौतुहलता हुनु स्वभाविक नै हो । यस्तो पवित्र मन्दिरमा पनि यस्ता यौन कि्रडामा टँुडालहरु किन राखेहोलान भन्ने उत्सुकता हुनु कुनै नौलो होइन् । यहि उत्सुकता मेट्नको लागि पनि टुँडालले केहि हदसम्म पुरा गर्दछ । यसलाई सांस्कृतिक मनोविज्ञान भने पनि हुन्छ । करिव पाँच छ सय वर्ष अगाडीको नेपाली काष्ठकलामा देखा परेका यौनबिम्बहरुको हाम्रो संस्कृतिको अर्थ र महत्व के होला भन्ने जिज्ञासाहरु यस उपन्यासमा समेटेकाछन् धरावासीले ।

धरावासी टुँडाल भित्र आफै लेख्छन् ः-'राजनितिक लडाई त धेरै लडियो तर ऐतिहासिक र सांस्कृतिक अध्ययनमा हाम्रो समय त्यति लागेनछ । आज ठूलै राजनीतिक परिवर्तन पछि आफूतिर फर्केर हेर्दा बिद्रोह र असन्तुष्टिको स्वरभन्दा बाहेक केहि देखिदैन । चित्तबुझ्दो खोज आवाजहरुमा पनि ब्यवस्थित सांस्कृतिक आधारहरु स्पष्ट हुन सकेका छैनन् । सांस्कृतिक आधार नभएको कुनै पनि आवाज दिगो समाधानको मार्ग बन्न सक्दैन । तात्कालिन विद्रोह र सानातिना असन्तुष्टिमै समापन हुने हरेक विवादहरु राज्यसत्ताका लागि पराले अल्झन मात्र भइरहन्छन् ।' पुरानो सामाजिक संरचना परिवर्तन हुनुपर्ने धारणासंगै महिलाको आत्मविश्वास बढाउँने प्रयत्न गरेको पाइन्छ टुँडालले । यसका साथै एकल महिलाहरुको सामाजिक धारणामा परिवर्तन हुनुजरुरी भएको नयाँ विषयवस्तुलाई पनि स्थान दिएका छन् धरावासीले । संस्कृतिक मुल्य मान्यतालाई प्रशय दिएर उपन्यासलाई पृथक बनाउँन खोजएको छ । यौन आकृतिक चित्रहरु किन मन्दिरमा राखेको बारेमा कौतुहलतासंगै हालको राजनीतिक परिवेशसंगै हुर्किएको विसंगतिहरुलाई पनि यसले छुन सकेको छ । महिला पुरुष बिना अधुरो रहने परम्परालाई उपन्यासकी पात्रले महिला पनि पुरुष बिना वाँच्न सक्दछ भन्ने उदाहरण देखाउँन खोजे पनि बच्चाले बुबा खोजेकोले बाध्यभएर श्रीमान खोज्नु परेको कुराहरु पनि उपन्यासमा भेट्न सकिन्छ । पुरुष बाहुल्यता भएको हाम्रो समाजमा महिलाले नै आफ्नो लोग्ने छान्न पाउनु पर्ने मान्यतालाई निरन्तरता दिनु पर्नेजस्ता कुराहरु पनि भेट्न सकिन्छ । लेखक पुरुष भए पनि महिला पात्र बनेर लेखेको नमुनाले गर्दा र यौन संस्कुति राजनीतिक र सामाजिक परिवेशमा भएको नयाँ विषय बस्तुले नै गर्दा पाठकले वढि रुचाउँने कुरामा ढुक्क हुनुपर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।