उस्तै अवरूद्द
उस्तै अनियमित
उस्तै दूर्गन्धित
उस्तै भएछ वागमती
सिंहदरबार जस्तै !
ह्वालह्वाल्ती दूर्गन्ध पिएर
बगिरहेछ सकिनसकी
तर बग्दैन पानी
वागमतीमा !
आहल खेलिरहेछ
अनैतिकताको भेलमा
मान्छेको अनुहारमा
तर छैन मान्छे
सिंहदरबारमा !
किनारमा,
वासहिन सुकुम्वासीहरू
शहरमा,
विश्वासहिन सुकुम्वासीहरू
सुकुम्बासीहरुको शहरमा,
नाङ्गा अस्थिपञ्जरका घरहरु
इँटाढुङ्गाका मुटुकलेजोहरू
टुकुचाको आडमा
व्यवस्थाको ठेकेदार सिंहदरबार
आरध्यदेवको संधारमा
आस्थाको आधार बागमती
दुबै छन् -
मान्छेको पर्खाइमा !
(अश्रृंगार कविता अभियान ........)