बालहित बालहित सम्बन्धी सरकारी धारणा सार्बजनिक गर्न आयोजित आफ्नो क्वाटरको कार्यक्रममा बोल्दै मन्त्रिले भने "सरकार बालहितका लागि धेरै कार्य गर्न उत्सुक छ । सबै क्षेत्रबाट पनि सरकारलाई सहयोग भएमा हामी आफ्नो लक्षमा पुग्छौ । होटल, कारखाना, दोकान सेना, जुलुस तथा घरका कामकाजमा बालकहरुलाई काममा लगाउनु कानून बिपरित हुन्छ र सरकार यसका बिरुद्ध जुझ्न सबै संग आग्रह गर्दछ ।" उपस्थित सबैले मन्त्रीको भाषणको प्रसंसा गरे ।
कार्यक्रम पश्चात् चियापानको आयोजना भयो । करिब दस बर्सकी अर्धनग्न जस्तै देखिने केटीले सबैलाई चिया दिदै थिई ।