18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छुरीले चिरेनि

गीत दिलिप योन्जन May 25, 2009, 9:34 am

दुखियालाई खुसी नमिल्दोरहेछ,जति नै गरे नी

हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

भिजेको आखा सुक्दैनरहेछ, जति नै पुछे नी

च्यातिएको भाग्य जोडिनरहेछ, भालाले सिए नी

दुखिको खुसी लुटिन्दोरहेछ, दैब नै लागे सी

हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

मनको बाध फुट्दोरहेछ, चोटै-चोट लागे सी

जिएको अर्थ नलाग्दोरहेछ, मान्छेले हासे सी

दुखिको दुख सकिनेरहेछ, माटोमा मिले सी

हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।