17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समय: ढुकढुकी र तरंगहरुमा .....

कविता डा. मधु माधुर्य May 19, 2009, 4:39 am

युद्ध, हड्ताल, नेपालबन्द - हाम्रै पेवा भयो

विकास, शान्ति, लोकतन्त्र - आज कता गयो ?

सोमालिया हाम्रो दौंतरी रे - ढल्यो सगरमाथा

गाउलान कि त डाँफे-मुनाल हाम्रो गौरव-गाथा ?

पशुपति मन्दिरभित्र नाङ्गो शालिक सुदको

उस्कै तथास्तुमा बन्ने र' छ सरकार देशको

देश बच्ने हो कि होइन " कुर्सी मात्रै चाहियो "

"लखेटौ सारा लेन्डूपहरुलाई !" - नौलो विचार आयो !

मास्को

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।