18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मान्छेको अग्रगमनको कथा

लघुकथा डा. कविताराम श्रेष्ठ May 16, 2009, 1:10 pm

कुवा भीत्र रमाइरहेका एउटा मान्छेले दौँडदै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- 'क्या तपाईको गति ! तर धन्य ! तपाईंलाई मैले भेिटंनै हाँले ।'

समयले स्वाभाविक ढंगमा भनेछ - 'भेट्नको लागि त्यत्रो महाभारत के थियो ? म त म अविरल तपाईसंगै थिएं । तपाईसंगै बहिरहें । तपाई जहाँ रोकिनुभयो म रोकिएं र जाहाँ गति पक्रनुभयो संगै मैले पनि पक्रिएं ।'

मान्छेले अचम्भित हुँदै भन्यो - 'तर मलाई त्यसको कहिल्यै आभास भएन । म सँधै तपाईंलाई पच्छ्याउँदै रहें । त्यसैमा संघर्षरत थिएं ।'

समयले हाँस्दै भन्यो - 'म त तपाईंकै उत्पादन हुँ । म सँधै तपाईको पछाडि छु । तपाईको गति अनुरुप छु ।'

मान्छे आफ्नै जिद्दीमा रह्यॊ - 'झुठ म त तपाईको हर्दम पछाडी छु । म तपाईलाई पछ्याउँदैछु ।'

त्यसपछि ऊ समयपछाडि लाग्यो । समय चाहिँ उसको पछाडि । त्यो गोलाकार साँघुँरो कुवा भित्र उनीहरु एकाअर्काको पछाडि दोडिरहे । मान्छेले सँधै सोचिरहे - उ प्रगति पथमा छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।