सुसेली हाल्दै उकाली
सुसेली हाल्दै ओराली
जिन्दगीको भारी विसाउ
भन्दैछ देउराली।
वैंशमा बस्ने चौतारी
भत्किएर पुरानो भो
रोदी घरमा लाएको प्रीति
विर्सिएर विरानो भो ,
पर्ख न पर्ख भन्दाभन्दै
ढल्केछ उमेर बेसरी
जिन्दगीको भारी विसाउ
भन्दैछ देउराली।
तिमी पनि जून पनि
उस्तै थियौ जमानामा
व्यूझएर कयौँ रात
अँगालेथेँ सपनामा ,
थाहै नपाई वितेछ लौ
तिम्रो र मेरो जवानी
जिन्दगीको भारी विसाउ
भन्दैछ देउराली।
सुसेली हाल्दै।