छोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु ।
भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु ।
घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।
कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।
बढेर एउटा बोझ ,बोकेर बिसाउनु छ चिहान ।
कलिलोमै सार्है अमिला, त्यसैले बाँसका तामाहरु ।
खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।
ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु ।
परदेशमा आधिरातको सपनामा रुन्छ दिनेश ।
मझेरिमा भ्यागुत्तो उफ्री ,चुहिन्छन घरका छानाहरु ।