18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविता आनन्द अधिकारी March 15, 2009, 2:43 pm

पानीको फोकाजस्तो

मुखबाट बाहिर निकालेर

फवाक्क फुकायौ

फुकेँ

तन्कायौ―तन्किएँ

पड्कायौ―पड्किएं

निकै चपायौ―चपाईएँ

क्रम चलि नै रहयो, के.हि समय

जव तिम्रा काननेर कंचट दुख्यो

भुइमा नमीठो बजा–र्यौ

संगसंगै म बजारिएँ

र भन्यौ

छया नमीठो

हो

यतिबेला

चपाएर फयाँकिएको

रँग सकिएको

स्वाद नभएको

प्रयोगहिन

चुँइगम भएको छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।