मन छ र पो मायँा छ,तन छ र पो छायाँ छ
मन र तन जीन्दगीको न दायाँ छ न बायाँ छ।
त्यही मनले कसैलाई स्विकार कसैलाई तिरस्कार
तिरस्कारभित्र पनि कसैको त्यो पुरानो माया छ
गर्न त कुरै नगरुँ भन्छु प्रेमको फेरी फेरी
आनायास दुख्छ मुटु छाम्दा यो पनि बायाँ छ।।
उनले दिएका ति गुलाबका फूलहरु उस्तै छन्
काँडाबीच त्यो गुलाबको पनि त शितल छाँया छ।।।
फुल्नै पर्ने यो जीन्दगी कोपिलामा अडेर
पतझडमा तिमी फुलेपनि त्यहाँ वसन्तको मायँा छ।।।।