18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आज धेरै पीये

कविता शेखर ढुंगेल March 3, 2009, 12:39 pm

हो आज मैले धेरै धेरै पीये

अली भन्दा भन्दै निक्कै धेरै पीये

कर ले होइन

आज रहर ले पीये

नत कुनै खुशी थियो

नत कुनै दु:ख

पिउने आदत छोड्छु

भन्दा भन्दै आज झन धेरै पीये

बोला को कसैले थिएन

कतै जाने मन थिएन

एक्लै बसी अली अली गर्दै

आज धेरै पीये

मन का ब्यथा पोखु भने

सुन्ने कोइ थिएन

धेरै बिगत थोरै भबिस्य सोचे

एक्लै बोले एक्लै सुने

पत्तै भएन मध्य रात सम्म पीये

बाहिर न्याउली कराउदै थियो

सीम सीम बर्षात टप्किदै

दुखेको मुटु, चिस्सेको शरीर

परबाह नगरि आज

बेहोस हुने गरी पीये

मरी लानु के छर

बाचेरै पनि गर्नु के छर

आसा र निरासा को

गोरेटो रैछ यो जीवन

दु:ख शुख जहाँ पनि मिल्ने

एउटै रैछ साथी यो बोत्तल

यसलाई आज पुरै रित्याये

यसलाई आज पुरै रित्याये

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।