एउटा लाचार बाबुले आफ्नो परिवारलाई पेट्भरी खुवाउन नसक्नुको बिबशतालाई मृत्यु सँग साट्यो|उसले मुक्ती पायो तर परिवारलाई बिचल्निमा पारेर गयो|
बिधवा श्रीमती माथि भब-सागर आई पर्यो। एक-डेड महिना त छिमेकीहरुको सहयोगबाट जेन-तेन परिवारको गुजरा चल्यो तर सहयोग गर्ने मान्छेहरुको संख्या दिन-दिनै घट्न थाले पछी बिधवाले आफ्नै पौरखमा बाँच्ने अठोट गरेर कामको खोजीमा निस्की| आय-आर्जनका अबसरहरुको खोजिमा सयौं ढोकाहरु ढक्ढक्याउन गई तर कँहि,कतै कसैले पनि उसका ब्यथाहरु सुन्ने कोसिश गरेनन|शक्ति,सत्ता र अबसरहरुको
ब्यबस्थापना र परिचालन गर्ने ब्यक्ती तथा समुह सम्म पँहुच नभएका कारण उसले सबै अबसरहरु बाट बंचित हुनु पर्यो|न त उ द्वन्द पीडित थीइ,न त शाहीद परिवार न त आदिबासि जनजातिनै नै |अभाबमा आत्मा हत्या गर्ने परिवारहरुका लागि भनेर राष्ट्रद्वारा पनि यस सिर्शकमा बजेट बिनियोजन भएको थिएन|यसरी उसको भोक र अभाब राष्ट्रको प्राथमिकता भित्र परेन |र उसको ब्यथा राष्ट्रको ब्यथा बन्न सकेन|
उसले निस्कर्श निकाली"सडकमा मागेर दयाको भिख खानु भन्दा शरीर बेच्नु निको"|
यसरी उसलाई परिस्थिती ले एउटा कठोर निर्णय लिन बिबश बनायो र उसले जिबिकोपार्जनका निमित्त बेस्याब्रितिको ब्यापार शुरु गरी|
आफ्ना छोराछोरिबाट लुकीछिपि बेस्याब्रितु गर्नु पर्दा उसलाई आत्माग्लानी भएर आउथ्यो तर उसंग अर्को बिकल्प पनि त थिएन। मर्नु भन्दा बौलाउनु बेस भनेझै उसले पेशालाई ब्यबस्थित गर्दै गई र छोराछोरीहरु घरमा नभएको अवस्थामा ग्राहकहरुलाई घरमै बोलाएर सेवा दिन थालि। दुर्भाग्यबस एकदिन छोराले आमालाई घरमा आपत्तिजनज अवस्थामा भेटेपछी त्यस कुकर्मको पत्ता पायो र आमालाई बुवाको
मृत्युको फाईदा उठाउदै परपुरुससँग नाजयात संबन्ध राखेकोमा रोश ब्यक्त गर्यो।बिबस त्यस आमाले यथार्ततालाई उजागर गर्न नपाउदै उक्त पुरुस माथि छोराले हमला गर्यो । उनिहरुका बिच भएको हानाहानमा दुर्भ्यागयबस आमा माथि धारिलो हतियार लाग्न गै आमाको घटनास्थल्मै मृत्यु हुन गयो।परिस्थितीले छोरो आमाको हत्यारा साबित हुनु पर्यो र उसलाई ज्यान मारेको अभियोगमा आजन्म
काराबासको सजाय भयो|
परिवारमा बाँकी एक मात्र सदस्य अनुलाई गाँउलेहरुले सुरक्षा दिए|उनलाई गाउकै एक सज्जनका घरमा सामान्य घरायशी काम सघाउनु पर्ने शर्तमा पालन्-पोशणको ब्यबस्था मिलाइयो|
अनु एक्कासी तिनै सज्जन का छोराबाट बलात्कृत भएपछी गाउलेहरुले उनलाई पुन: अर्को ब्यबस्था गरे| र उनलाई देश भरिकै ठुलो र सुरक्षित मानिने नाम चलेको नारी उत्थान केन्द्रमा राखिदिए|
उत्थान केन्द्र का कर्मचारी सँग अनुको नाजायत संबन्ध भएको हल्ला गांयियाँ-गुंयियाँ चल्न थाल्यो |स्थानिय पत्रपत्रीकामा " उत्थान केन्द्र भित्र यौन लीला" का सिर्शक मा समाचार सेमत छपियो| समाचार छापिनासाथ उक्त केन्द्र का संचालकले त्यस कर्मचारीलाई अनुशासन को कारबाही गर्दै जाजिर बाट निकालिदिए|
अनु दुई जिउकी भएकी रहिछन| उनले आफ्नो प्रेमीलाई घर भित्र्याउन अनुरोध गरिन तर उसले घरमा अर्की श्रीमती भएका कारण त्यसो गर्न नसक्ने बिबशता जाहेर गर्दै अब उप्रान्त उसको खोजि समेत नगर्नु भनि धम्कि दिएर हिढे पछी उनी बेसाहारा भइन|
अनुले नारी उत्थान केन्द्रका प्रमुखलाई समस्या समाधानका लागि बिन्दी चढाईन|कुनै सुनुवाई भएन, उल्टै उनलाई आन्तरिक अनुशासन पालना नगरि चरित्रहिन कृयाकलापमा संलग्न भएको आरोपमा केन्द्र बाट निकालियो|
यसरि आफ्नो प्रेमी बाट पाएको धोका र केन्द्र बाट समेत सहयोग नमिलेपछी अनु सडकमा जानु पर्यो|साहाराबिहिन अनुले पेटमा भएको बच्चाको अनिश्चित भबिस्य देखेर सधै भरिका लागि यस संसार बाट बिदा लिने निधो गरिन र सिंहदरबर अगाडि गूड्दै गरेको ट्रक भित्र छिरेर आत्माहत्या गरिन|
एउटी पागल आईमाई, उसकै लपर्बाहीले गर्दा ट्रकमा ठोकीई मृत्यु भई बाटो बन्द गर्नु परेका कारण सिंहदरबारको पश्चिम ढोकाबाट परिचालित उचस्तरिय सबारिहरुलाई सिंहदरबारको दक्षिण ढोकाबाट परिचालन गर्नु पर्दा परेको असुबिधाका लागि क्षमा याचना सहित को समाचार रेडियोबाट आँउदै गर्दा तपाईं खाडी मुलुकमा ११० डिग्रीको तापक्रममा मालिकका भेडाहरु चराउँदै हुनुहुन्थ्यो र यो समाचार
सुन्न सक्नु भएन|
डोल्माहरु मृत्युदण्ड को सजय सुनेर बेहोस् थिए र यो समाचार सुन्न सकेनन|
गाँउलेहरु स्कुलमा भेटिएको बेवारीसे बम पड्किनगै मृत्यु भएका २१ जना विद्यार्थी हरुको सामुहिक दाहंसस्कारका लागी गएका रहेछन र यो समाचार सुन्न सकेनन|
हामीहरु बिदेश गएर धेरै पैसा कमाउने चक्करमा दलाल बाट ठगिएर बैंकक को एउटा होटेलमा बन्दी जीवन बिताइरहेका थियौ र त्यो समाचार सुन्न सकेनौ |
उनिहरु सिंहदरबार को दक्षिण ढोका बाट छिरी आफुले नियमित रुपमा खाई-पाई आएको सुबिधा लाई बढाउनु पर्छ भन्दै सदनमा रोस्टम घेर्दै रहेछन र उनिहरुले पनि यो समाचार सुनेनन||
मात्र,धनपतिले यो समाचार सुनेछ|किनकि नख्खु जेलमा उसको दिनचर्या भने कै नियमित रुपमा रेडियो सुन्नु र देशभरी घटेका र घटाईएका घटनाहरुमा परी मर्ने मान्छे हरुको लागत तयार गर्नु हो|
त्यस पागल आईमाई को मृत्युको समाचारले धनपती लाई अत्यन्तै खुशी बनायो|
उसको ठ्हर थियो कि सबै दुखीहरु यसरीनै मर्नु पर्छ र मारिनु पर्छ|र मात्र नयाँ नेपाल- सुखी तथा संब्रिद्धहरुको नेपाल हुनेछ|
उसले बाबुको मृत्यु र आमाको हत्यामा कहिल्यै पनि पश्चाताप गरेन बरु बैनी अनु को संझनामा एक छिन टोलायो र भगवान सँग अनु पनि चाडै मरिजाओस् र मुक्ती पाओस भन्ने कामना गर्दै भुसुक्क निदायो|