18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कुर्सी

लघुकथा डा. हरिप्रसाद भण्डारी February 11, 2009, 2:20 pm
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

उसलाई देखेर कुर्सी खुशी भयो र मरीमरी हाँस्यो ।

“किन हाँसेको ?” उसले सोध्यो ।

“कुइण्टलको मान्छे बोक्दा बोक्दा थाकेर हत्तु परेको थिएँ । उसको ठाउँमा तपाईं दुब्लो, पातलो र कम तौल भएको मान्छे देखेर खुशी भएको नि ।” कुर्सीले भन्यो ।

“ए !” उसले यत्ति मात्रै भन्यो ।

तर कुर्सीको खुशी धेरै दिन टिकेन । उसको दुःखी हुने क्रम बिस्तारै बढ्दै गइरहेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।