आएर कोही गयो रफ्तारमा यहाँ।
चिहाउँदैछ सायद अन्धकारमा यहाँ।
रात रहे अग्राख पलाउँछ भन्थे
संभावना सधैं दोधारमा यहाँ।
आस्था पनि किनबेच हुँदोरहेछ
लिने र दिनेको उपहारमा यहाँ।
दियो बालेर हेर्नु मनको कुनाकुना
देखिन्छ देश हर अनुहारमा यहाँ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।