नेपाली साहित्य विकास परिषदद्वारा ११२औँ देवकोटा जयन्ती मनाइयो

लन्डन,14 Nov 2020
बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र यसको नेपाल च्यापटरद्वारा संयुक्तरूपमा ११२औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती भर्चुअल प्रविधिबाट भव्यरूपमा मनाइयो ।
बेलायत ,नेपाल र रुसबाट सहभागी रहेका साहित्यकारहरूको भर्चुअल सभालाई राजदूतावास कक्ष लन्डनबाट परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा।दुर्गाबहादुर सुवेदीले उद्घाटन सम्वोधन गर्नुहँदै साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सकिन्छ भन्नुभयो । महामहिमले बेलायतमा नेपाली साहित्य विकास परिषदले यसरी महाकविको जन्मजयन्तीहरू मनाएर नेपाली साहित्यको जागरण ल्याउने ऐतिहासिक कार्य गरेकोछ जुन् सराहनीय छ भन्नुहुँदै संरक्षक भएर परिषद्को रजत महोत्सव मनाउँन पाउँदा आफूलाई गौरवीबोध भएको बताउनु भयो ।
समारोहमा परिषद्का प्रमुख वरिष्ठ सलाहकार तथा यती नेपाली एसोसिएसन यूके का पूर्वअध्यक्ष डा।राघवप्रसाद धिताल ओविई ले नेपाली साहित्यका धरोहर महाकवि देवकोटाको सिर्जनात्मक प्रेरणा हामी जहाँ बसे पनि पुस्तापुस्ता सम्म फैलाउँदै जानु पर्दछ भन्नुहुँदै यस मार्गमा परिषद्का अथक प्रयासहरू उदाहरणीय छन् भयो ।
यसअघि स्वागत मन्तब्य दिनुहुँदै यती संस्थाका अध्यक्ष तथा परिषद्का सहअध्यक्ष कवि ध्रुव केसीले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा साहित्य कलासंस्कृतिको बिउ जोगाउदै लैजानु हाम्रो दाइत्व हो भन्नु भयो ।
रुषबाट सहभागी विशिष्ट अतिथि वक्ता वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले महाकविका कृतिहरू रुषी भाषामा प्रकाशित गरेर नेपाली साहित्यलाई बाहिरी समाजबीच फैलाउने कार्य आफूबाट भइरहेको जनाउनु हुँदै मुनामदनका रूषी भाषामा अनुवादित पङ्क्तिहरू वाचन गर्नु भएको थियो ।
परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने क्रान्तिकारी महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती आजभन्दा पच्चीस वर्ष पहिले देखि परिषदले बेलायतमा निरन्तर मनाउँदै आएर नेपाली माटोको सुभाष सेक्सपियरको माटोमा फैलाउँदै नेपाली पहिचानको जगेर्ना गर्दै आएको चर्चा गर्नु भयो ।
यसैगरी सभापतिको आसनबाट परिषद्को कार्यपत्र प्रस्तुत गर्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद्ले नेपाली भाषा साहित्यको संरक्षण र विकासमा गरेका प्रयासहरू सबैको सहयोग र सद्भावले नै सफल हुँदै संस्थाको रजत जन्मोत्सव मनाउने सौभाग्य पाएको चर्चा गर्नु भयो ।
यस अघि महाकवि देवकोटाको जिवनी र योगदान बारे कार्यपत्र प्रस्तुत गर्नु हुदै परिषद्की नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार ईल्या भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन भन्नुभयो । महाकविको मुनामदन कृतिले नेपाली समाजमा समानता र समावेसीको आवाज उसैवेला उठाएको थियो भन्नुहुँदै देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर हुन भन्नु भयो ।
यस अघि नेपाली साहित्य विकास परिषद् यूके का महासचिव वीरेन्द्र कुवँर र नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका महासचिव वरिष्ठ पत्रकार हरिशरण लामिछानेले उद्योषण गर्नुहुँदै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले स्वदेश तथा विदेशमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेकोछ भन्नु भयो । यसैगरी कार्यक्रम सञ्चलन गर्नुहुँदै यती संस्था तथा एनआरएनका सचिव जीत रानाभाटले नेपाली भाषा साहित्य जस्ता नेपाली चिनारीहरूलाई विदेशमा जोगाई राख्न नेपाली साहित्य विकास परिषद् यूके ले गरेका प्रयासहरू प्रशंसनीय छन् भन्नुहुँदै महाकविका रचनाहरूको चर्चा गर्नु भयो ।
कार्यक्रमको आरम्भमा मंगल धुनको साथमा प्रमुख अतिथि महामहिम राजदूत डा।दुर्गाबहादुर सुवेदीले परिषद्की कार्यकारिणी सदस्य गीतकार कल्पना आङबुहाङको मौलिक गीतहरूको सँगालो ुमेरी आमा युट्युब च्यानलु को समुद्घटन गर्नु भएको थियो ।
समारोहमा परिषद्का सल्लाहकार तथा कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले मंगल धुन र भैलो धुनहरू प्रस्तुत गर्नु भएको थियो भने परिषदका कोषाध्यक्ष कवि कलाकार मनोज अन्जान र कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक परिवार यूकेका अध्यक्ष कवि कलाकार डम्वरसिंह प्रयासले राष्ट्रिय गीतहरूका धुनहरू प्रस्तुत गर्नु भएको थियो । यसै गरी समारोहमा परिषद्का कार्यकारिणी सदस्य वरिष्ठ कलाकारहरू सुमेर ज्ञवाली र प्रमोद शर्माले राष्ट्रिय गीतहरू गाउनु भएको थियो ।
कार्यक्रममा आयोजना गरिएको कवि गोष्ठीमा भाग लिँदै कविता वाचन गर्ने कवि, कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरि सिह थापा, घन बहादुर थापा मगर, विजय हितान, हिन्दमाया बैद्य, वासु शर्मा,अहिल्या कुवॅर, गोकुल भण्डारी, रक्ष राई, सुरेशजङ्ग शाह, कोमल मल्ल , खगेन्द्र नेपाली , ध्रुव केसी ,रेशम अर्याल, कल्पना आङबुहाङ्, मनोज अन्जान, मोहन जल्लाद,डम्बरसिंह प्रयास, गंगा लिगल,कर्नेल इन्द्र बहादुर कार्की, ललिता दोषी, गीता रेग्मी, हरिशरण लामिछाने आदि हुनुहुन्थ्यो ।
अन्तमा कार्यक्रम सफल बनाउन प्रविधि र कार्यक्रम संयोजन सहयोग गर्नुहुने संचालक जीत रानाभाट, डा।राघव प्रसाद धिताल,बसन्त रायक्षेत्री, ध्रुव, केसी, मदन थापा ,कृष्ण भट्ट ,विरेन्द्र कुँवर, मनोज अन्जान, डम्वरसिंह प्रयास, सुमेर ज्ञवाली र कार्यकारिणी सदस्य राजेशजंग शाह , प्रत्यक्ष प्रशारण गरिदिने London Nepal News.com सबैलाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।

Monday, November 16, 2020