नर्थ क्यारोलाइनामा साहित्यकार द्वय बजगाईं र उपाध्यायसँग भर्चुअल साहित्यिक अन्तरक्रिया

नर्थ क्यारोलाइना, अमेरिका, ३१ नोभेम्बर
नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको अक्टोबर, २०२० को कविता गोष्ठी साहित्यकार द्वय कृष्ण बजगाईं तथा कृष्ण उपाध्यायको उपस्थितिमा भर्चुअल सम्पन्न गर्यो । साहित्यिक पत्रकार, कवि, लघुकथाकार, नियात्राकार कृष्ण बजगाईं र मानवअधिकारवादी तथा साहित्यकार कृष्ण उपाध्यायको साहित्यिक परिचयबाट शुरु भएको उक्त कार्यक्रममा पाठकका विभिन्न जिज्ञासाहरुको उत्तरपछि कविता वाचनमा पुगेर टुगिंएको थियो ।
२०४१ सालमा प्रकाशित कविताबाट साहित्य सृजनाको मेलो पस्नुभएका कृष्ण बजगाईंले २०७७ सालमा आइपुग्दा साहित्यका बिभिन्न बिधामा खदिलो कलम चलाइ सक्नु भएको छ । ‘कमरेड भाउजू’ कथासङ्ग्रह, “रोडम्याप”, ुकवचु लघुकथासङ्ग्रह, “हिउंको तन्ना” हाइकुसङ्ग्रह, “युरेसियाको स्पर्श”,ुभाया साक्राु, ुदाइबुचुु नियात्रासङ्ग्रह तथा “स्रष्टा र डिजिटल वार्ता” साहित्यिक अन्तर्वार्तासङ्ग्रह जस्ता पुस्तक लेखेर साहित्यिक चर्चामा आइसक्नुभएका कृष्ण बजगाईंका १२ वटा पुस्तकहरु प्रकाशित भैसकेका छन भने केही प्रकाशोन्मुख छन । यी पुस्तकहरुको अलावा नेपालका ३ विश्व विद्यालयहरु क्रमशः त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको वि। ए। को नेपाली विषयको पाठ्यक्रममा ३ वटा नियात्राको पढाई हुने गरेको छ । अन्तराष्ट्र्रिय नेपाली साहित्य समाजको दुइपटक सम्म महत्वपुर्ण पदको भूमिका निभाइसक्नुभएका साहित्यकार बजगाईं हाल समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष सम्पादक तथा प्रकाशक, प्रवासन जर्नलका प्रधान सम्पादक लघुकथा समाजको अन्तरार्ष्ट्रिय संयोजक भएर काम गर्दै आउनुभएको छ ।
देवकोटा शताब्दी सम्मान, डायास्पोरा नृपध्वज पुरस्कार, सत्यमोहन जोशी शताब्दी पदक, सुप्रमा साहित्य पुरस्कार जस्ता पुरस्कार तथा सम्मान पाइसक्नुभएका साहित्यका कुशल संगठक साहित्यकार बजगाईंले धेरै साहित्यकारहरुलाइ जन्माइ, हुर्काइ, साहित्यिक तलाउमा मजाले पौडन सक्ने बनाइसक्नुभएको छ र वहांको साहित्यिक अभिभावकत्व हालसम्मपनि निरन्तर चलिरहेको छ । देश छोडेर बाहिर जहां गयो त्यहीको साहित्यिक संस्थामा सम्लग्न भएर काम गर्दै आउनुभएका साहित्यकारले हालसम्मपनि डिजिटल साहित्य
धधध।कबmबपबष्लिकबजष्तथब।अयm मार्फत नेपाली साहित्यको जगमा एकपछि अर्को ईंटा थपिरहनुभएको छ ।
लघुकथा के हो र कसरी लेखिन्छ भन्ने सहभागीहरुका जिज्ञासामा साहित्यकार बजगाईंले आफनो विचार यसरी प्रस्तुत गर्नुभएको थियो – लघुकथा कथाको छोटो रुप चाहिं होइन । लघुकथामा कुनैपनि घटनालाइ लिएर उत्तिखेरै लेखिन्छ र लघुकथाको उत्कर्ष भनेको अन्त्यको चोटिलो प्रहार हो, जुन प्रहारले पाठकहरुमा धेरैबेरसम्म तरंग ल्याइरहन्छ ।
त्यस्तै हाइकुमा कसरी पस्नुभयो भन्ने अर्को जिज्ञासामा युवा अवस्थामा सवै रामा कुरा मैले गर्न सकुं भन्दाभन्दै हाइकुतिर छिरेको हुं भनेर आफूलाइ नढाटी भन्ने साहित्यकारले जापानबाट जन्मेको १७ अक्षरबाट बन्ने हाइकुमा प्रकृतिलाइ कुनै न कुनै लाइनमा जोडेको हुनुपर्छ, एउटा गतिलो हाइकुले एउटा उपन्यासले भन्नेजति कथा बोकेको हुन्छ भन्नुका साथै हाइकुमा यदि प्राण भरिएन भने त्यो हाइकु नभएर अक्षरको थुप्रो मात्र हुन्छ भन्नुभयो । अन्त्यमा साहित्यकार बजगाईंले आफना केही हाइकु,कविता र लघुकथा पनि सनाउनुभएको थियो ।
यसैगरी लामो समयसम्म मन वचन र कर्मले मानवअधिकारवादी पेशामा लागेर जीवनको पछिल्लो समयमा साहित्यतिर लाग्नुभएका साहित्यकार तथा मानवअधिकारवादी डा।कृष्ण उपाध्यायका दुइ कविता संग्रह प्रथम पुरुष र जदौ काठमाडौ प्रकाशित भइसकेका छन । मानव अधिकारवादी भएर बिभिन्न देशमा तीन दशक भन्दाबढि काम गरिसक्नुको साथै दुइ पुस्तक लेखेर साहित्यिक परिचय बनाइसक्नुभएका साहित्यकार उपाध्याय आफूलाइ साहित्यमा परिचय नभएको मान्छे म भन्न मन पराउनुहुन्छ । नेपालमा जन्मेको तर आसाममा हुर्केका र अरु भन्दा पृथक ढंगले आफनो साहित्यिक परिचय बनाउन खोज्ने साहित्यकार उपाध्यायमा नेपाली, हिन्दी, बंगाली तथा अंग्रेजीमा उत्तिकै लेख्न सक्ने खुबी भएको पाइन्छ । यसको अलावा वहांले थीममा नेपाली साहित्य लेख्ने एक किसिमको अनौठो प्रयोगपनि गर्नुभएको छ । कविता किन र कस्तो लेख्नहुन्छ भन्ने सहभागीहरुको जिज्ञासामा साहित्यकार उपाध्यायको आफनो भनाइ – आसाममा हुंदा आसामी भाषामा कविता लेख्थें, हिन्दी त्यहांको राष्ट्र् भाषा भएकोले हिन्दीमा लेख्थें पछि नेपाल आएँ, घरको भाषा नेपाली भएकोले नेपाली भाषामा कविता लेख्न थालें । म भाषामा अलि उछिटिएर कविता लेख्न मन पराउंछु ताकि दार्जेलिंगेले अलिकति आफनो पन भेटोस, बंगाली अतिकति आफनो पन भेटोस, हिन्दीलेपनि आफनो पन भेटोस र नेपालकापनि पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै ठाउंले आ–आफनो पन भेटुन । अरु भाषामा लेखेको साहित्यपनि नेपाली साहित्य हो र साहित्यको उचाइ त्यसभित्र रहेको भाव, र कलाले निर्धारण गर्छ।
नम्रता गुरागाईंको अध्यक्षतामा सुजाता ढुंगेलले शुरु गर्नुभएको कार्यक्रम र ऋषि बस्ताकोटीले संचालन गर्नुभएको अन्तरकृयाको अन्त्यमा दुबै साहित्यकारहरुले आ– आफना कविता तथा लघुकथा वाचन गरिसकेपछि सहभागी सबैले कविता वाचन गर्नुभएको थियो । संस्थाका सल्लाहकारहरु क्रमशः इश्वर देवकोटा, डा।नारायण राजभण्डारी, नगेन्द्र न्यौपाने, साहित्यकार भारती गौतम, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाबाट क्रमशः रविन्द्र कार्की र कलम काफले, भगवती न्यौपाने संस्थाका तर्फबाट शिशिर खनाल, उमा शर्मा तथा स्थानिय शिवहरी मरठ्ठा ,महेन्द्र न्यौपाने, रमेश प्रसाद गौतमको उपस्थितिमा भएको उक्त कार्यक्रमको अन्त्यमा निर्मला राजभण्डारी, रमेश प्रसाद गौतम, नगेन्द्र न्यौपाने, अच्युत शर्मा, शिखर दुलाल, भगवती न्यौपाने, शिवहरी मरठ्ठा, ऋषि बस्ताकोटी र नम्रता गुरागाईंले आआफना कविता वाचन गर्नुभएको थियो ।

Sunday, November 1, 2020