वरिष्ठ कवि एवं गीतकार भीम खरेलको "आस्थाका गीतहरु" लोकार्पण

लन्डन, ३० अक्टाेबर
प्रतिनिधि प्रकाशनद्वारा प्रकाशित भीम खरेलको दोस्रो कवितासंग्रह "आस्थाका गीतहरु" २०७७ सालको विजयादशमीको सुभ साइतमा लोकार्पण भएको छ। तीन बर्षीय नातिनी साम्य खरेलबाट लोकार्पित "आस्थाका गीतहरु" को लाेकार्पणा गरिएकाे थियो ।

उक्त कृतिमा भूमिका वरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा र प्राध्यापक राजेन्द्र सुवेदीको रहेको छ। साहित्यकार भीम खरेलको यो मौलिक कृति, समालोचना र सम्पादन समेतको दशौँ कृति हो। यस कृतिमा कवि खरेलका मुक्तक, गीत र कविता गरी ११९ वटा रचना रहेका छन्।

Friday, October 30, 2020