लघुकथाकाे सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं, २२ साउन
लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ तथा ‘धनमान लघुकथा पुरस्कार’को घोषणा गरेको छ ।

बुधबार साँझ बसेको समाजको अनलाइन बैठकले ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०७७ ’बाट साहित्यकार विजय सागरलाई सम्मानित गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘धनमान लघुकथा पुरस्कार २०७७’ साहित्यकार दिव्य गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

मोफसलमा रहेर पनि साहित्यकार सागरले विगत पाँच दशकदेखि साहित्यको सेवा गर्दै आएका छन् । गिरी पनि विगत लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् ।

लघुकथा समाजले उक्त सम्मान तथा पुरस्कार आउँदो भदौ ५ गते १२औं लघुकथा दिवसका दिन प्रदान गर्नेसमेत जानकारी गराएको छ । समाजले हरेक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ ।

Friday, August 7, 2020