नेपाल हाइकु केन्द्रको हास्यव्यंग्य हाइकु गोष्ठी सम्पन्न

काठमाण्डौं, २० साउन, २०७७
नेपाल हाइकु केन्द्रको आयोजनामा साउन २० गते भर्चुअल हास्यव्यंग्य हाइकु गोष्ठी सम्पन्न भएको छ । जुम प्रविधिमा जोडिएर नेपाल र नेपाल बाहिरका हाइकुकारहरुले बिकृति, बिसंगती, भ्रष्ट राजनीति लगायत समसामयिक विषयमा प्रहार गर्दै हास्यव्यंग्य हाइकु वाचन गरे ।

उक्त कार्यक्रममा जापानबाट प्रकाश पौडेल माइला, बेलायतबाट कृष्ण बजगाईं, नेपालबाट मञ्जु काँचुली, सूमि लोहनी, सुषमा चित्रकार, शिरोमणी दवाडी, किरण पौडेल, ऋषि बराल, डा. बम बहादुर जिताली, मित्र बन्धु पौडेल, गुप्त बहादुर श्रेष्ठ, घनश्याम गौतम, प्रा. राम कुमार पाँडे आदिले आआफ्ना हास्य र व्यंग्यले भरिएका हाइकु वाचन गरेका थिए ।

नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मित्र बन्धु पौडेल वाचित हाइकुका बारेमा समीक्षा गरेका थिए । कृष्ण बजगाईं र प्रकाश पौडेल माइलाले कार्यक्रममा संक्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रमका होस्ट शिरोमणी दवाडीले रोचक तरिकाले कार्यक्रम संचालन गरेका थिए ।

Tuesday, August 4, 2020