धरानमा भानु जयन्ती कार्यक्रम सम्पन्न

धरान, १२ जुलाई
नेपाली लेखक संघको तत्वावधानमा धरानमा आयोजित २०७ औं आदिकवि भानुभक्त आचार्यको जयन्ती मनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख प्रदेश नं. १ का प्रा.डा गोविन्द तुम्बाहाङ्ग हुनुहुन्थ्यो ।

धरानको भानुचोकमा अवस्थित कवि भानुभक्तको प्रतिमामा माल्यार्पण, पुष्पार्पण, अबिर तथा धूप बालेर श्रद्धाप्रकट गरिएको थियो ।

कार्यक्रममा अतिथि साहित्यकारहरू गिरिराज आचार्य, डा. भोलानाथ पोखरेल, भीष्म काफ्ले, डा.रमेश घिमिरे, डा. आनन्द आचार्य, डा. महानन्द तिम्सिना, डा. भवानीशङ्कर भट्टराई, शरण कुमार राई, भरत भट्टराई, गोविन्द तिम्सिना, लक्ष्मीअच्युत ढुङ्गाना, श्रीमती हिमाल राई, हरिप्रसाद दाहाल, मणिराज भट्टराई, प्रदीप आचार्य, मुरारि सुवेदी, पुष्प ढकाल, मचीन्द्र खत्री लगायतले आफ्ना रचना तथा रामायणको पाठ गर्नु भएको थियो ।

कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख मन्जु भण्डारी, प्रमुख अतिथि प्रा. डा. गोविन्द तुम्बाहाङ्ग आदिले भानुभक्तको देन बारे चर्चा गर्नु भयो । कार्यक्रमका सभापति प्रा.डा. गोपाल भण्डारीले आदिकवि भानुभक्तले नेपाली भाषाका माध्यमले पुर्याएको योगदानको चर्चा गर्नु भयो ।

Monday, July 13, 2020