डा. सावित्री श्रेष्ठको "मौन क्रन्दन" सार्वजनिक

काठमाडौं ।
कथाकार डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाको सम्पादक हुन् । उनले विशेषगरि महिला अधिकार र महिला तथा सिमान्तकृत वर्गको उत्थानका विषयवस्तु अन्र्तगत रहेर आफ्नो कलम चलाउँदै आएकी छिन् ।

कोरना भाइरसले सिर्जित विशेष परिस्थिती र त्यसले नेपाललाई पारिरहेको प्रत्यक्ष असरलाई मध्यनजर गरि कथा संग्रहको प्रकाशक अक्षलोक प्रकाशनले अनलाइन विश्लेषणात्मक विमोचन गरको थियो ।
कार्यक्रममा साहित्यकारहरु डा. लेख प्रसाद निरौला, कृष्ण बजगाईं, पद्मावती सिंह, वासुदेव अधिकारी र अस्विनी कोइरालाले समीक्षा गरेका थिए ।

प्रा.डा. राजेन्द्र प्रसाद अधिकारी, प्रा. डा. वेनी जङ्गगम, गोर्खे साइँलो, विष्णु अल्पविराम, विन्दा पाण्डे, डा. अम्बु भवानी, स्वराज शाक्य, जयन्ती स्पन्दन, निर्मल थापा, सीता शर्मा, हृदयराज बज्रचार्य, ई. डा. राजन सुवाल, चम्पक पोखरेल, ई. स्वजन स्वराज शाक्य, एम.जे. झा, पिमला न्याैपाने लगायतका विभिन्न साहित्यकार, साहित्यप्रेमी, बुद्घिजीवि वर्ग तथा प्राध्यापकहरुको सहभागीता रहको थियो ।

कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादक प्रा. सिद्घिश्वर मान श्रेष्ठले स्वागत मन्तव राख्दै ‘मौन क्रन्दन’ पुस्तकका बारे जानकारी गराए । कार्यक्रम संञ्चालन पुस्कतका कभर डिजाईनर संचार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले गरेका थिए । अनलाइनमा जुम मार्फत भएको यस कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको थियो भने फेसबुक लाईभ तथा युट्युबमा पनि प्रत्यक्ष प्रशारण भएकोमा थप सहभागी रहेका थिए ।

Sunday, June 21, 2020