अरुण नदी खत्री सम्मानित

काठमाण्डाैं,
११ जनवरी,२०२०

भद्रकुमारी घले व्यक्तित्व पुरस्कार साहित्यकार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रुपिया रहेको छ । यसै गरी यो वर्षको भद्रकुमारी घले कृतित्व पुरस्कार साहित्यकार द्वय काजी रोशन र शेरबहादुर गुरुङ तथा पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु. पचास हजार रहेको छ । सोही पुरस्कार साहित्यकार आनन्ददेव भट्ट, सुशिला भट्ट र सुनिता गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु. पच्चीस हजार रहेको छ ।
त्यसैगरी यो वर्षको भद्रकुमारी घले साहित्य पुरस्कार साहित्यकार तथा समाजसेवी गीता कार्की, गोमा कटुवाल, सरस्वती जोशी, विमाया तामाङ तथा पशुपति गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही दश हजार रुपिया रहेको छ । कार्यक्रममा पत्रकार भगवती बस्नेत, शिला पन्त, रचना श्रेष्ठ, ललिता दोषी, उषा लोहनी, अरुण नदी खत्री, बलराम कोइरालालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच हजार रुपिया रहेको छ । भद्रकुमारी घले सेवा सदनले प्रा. वासुदेव त्रिपाठी, राजेन्द्र सुवेदी, कविता आले, युवराज गुरुङ र सुचित्रा श्रेष्ठलाई पनि अभिनन्दन गरेको छ ।
भद्रकुमारी घले सेवा सदनको सोह्रौं वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा यहाँ आज आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री गुरुङले भद्रकुमारी घले सेवा सदनले गरिरहेको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा सरकारले त्यसको उच्च मुल्याङ्कन गरी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Sunday, January 12, 2020