व्रतभङ्ग सार्वजनिक

बैशाख २१, काठमाडौँ ।
कथाकार एल. बी. क्षेत्रीको नयाँ कथा संग्रह व्रतभङ्ग आज राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक भएकोछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा अर्चना थापा, महेश पौड्याल, कुमारी लामा, लेखक एल. बी क्षेत्री लगायतले पुस्तकको संयुक्त विमोचन गरेका थिए ।
पुस्तकमाथि बोल्दै कुमारी लामाले महिला शशक्तिकरणका पक्षबाट लेखिएका कथा छोटा भएपनि अब्बल रहेको बताइन् । त्यसैगरि अर्चना थापाले महिला पुरुष सम्बन्धका विविध आयामबारे कथा बुनिएको बताइन् । साथै उनले कुनै कथामा भने हिंसा निराकरणको सहारा हिंसा लिएकोमा भने असहमति जनाइन् ।
व्रतभङ्गबारे कवि एवं समालोचक महेश पौड्यालले एल. बी. का कथाहरुमा यौन वैज्ञानिक पक्ष मात्र नभइकन सुक्ष्म मनोवैज्ञानिक जीवनबोधी पाटो पनि छ र यो नै बढी शक्तिसाली रहेको बताए । त्यसैगरी लेखक एल. बी. थापाले पुस्तक लेखनका अनुभव सुनाएका थिए ।
बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको बजार मूल्य दुई सय रुपैँया रहेकोछ ।

Sunday, May 5, 2019