सुनकेस्री र मन मन्थनको विमोचन

25 पुस
काठमाडौं ।
साहित्यकार डाक्टर शिलु घिमिरे न्यौपानेको मन मन्थन कथा सङ्ग्रह र सुनकेस्री गीति काव्यको विमोचन भएको छ। निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले सो कृतिको विमोचन गर्नु भएको थियो।
विमोचन पछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाई, अरुण घिमिरे तथा कृतिकार शिलुले मन्तव्य राख्नु भएको थियो ।
अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन सकी सोही महाविध्यालयमा प्राध्यापन गर्नु हुने डाक्टर शिलु घिमिरेका यस अघि नै अन्य ३ वटा कृति आइसकेका छन।

Tuesday, January 29, 2019