रमेशमोहन अधिकारीको कवितासंग्रह बिमाेचित

रोैतहटमा जन्मी हुर्की मकवनपुरलाई कर्मथलो बनाई गाउँगाउँ,कुनाकाप्चा र कन्दरा जता गयो उतै साहित्यको मलजल र केही न केही गरी रहने रमेशमोहन अधिकारी २०७५/०८/०८ बाट कविमा दरिए । समीक्षा,समालोचना,निबन्ध र आख्यान लेखिभ्याएका अधिकारीले आफ्ना विभिन्न कालखण्ड र स्थान विशेषमा गएर रचना गरेका २७ वटा कविता संग्रहभित्र राखेका छन् । मकवानपुर क्याम्पसको सभाहलमा गृह विमोचन गर्न भ्याएको अधिकारीको कृतिलाई आरआर चौलागाई,साम्ब ढकाल,तुलसी घिमिरे,निमेष निखिल र लेखक स्वयम्ले सार्वजनिकीकरण गरेका थिए । आफैैले स्थापना गरेको संस्था झरना साहित्यिक परिवार र साहित्य संगम मकवानपुरले आयोजना गरेको कार्यक्रममा देवराज तिवारी,विश्वनाथ सिग्देल र सुवास खनालले समीक्षात्मक टिप्पणी गरेका थिए भने झरनाको अध्यक्ष दीपक गौतमले सभा सञ्चालन गरेका थिए । कार्यक्रममा चार दर्जन स्रष्टा र स्रोताको सहभागिता रहेको थियो ।

Thursday, November 29, 2018