कारागारमा पुस्तक

साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा निरन्तर शनिबारको रचना वाचन सम्पन्न भयो ।
कार्यक्रममा नारायण सापकोटा, रमेश पौडेल, गोकुल अधिकारी, उमा दाहाल, डिल्लीराम सुवेदी, पुर्णिमा प्रतिविम्ब, कैलाश पाण्डे लगायत दर्जनौ कविहरुले रचना वाचन गरेका थिए।
समारोहमा निबन्धकार युवराज नयाँघरेले आफ्नो लेखकीय अनुभव सुनाउदै भने, स्वतन्त्रता लेखनमा ठुलो कुरा हो ।
निरन्तर शनिबार १० औं वर्षदेखि क्रियाशिल साहित्यिक संस्था हो ।
यो कारागारमा पुस्तक भन्ने अभियान यही संस्थाले आयोजना गरिरहेको छ। सोही कार्यक्रममा लेखक नयाँघरे लगायतले पुस्तक उपलब्ध गराएका थिए संयोजक पुर्णिमा प्रतिविम्बलाई।
कार्यक्रम अत्यन्तै काव्यमय भएको थियोे ।

Monday, August 27, 2018