स्वको खोजि बिमोचित

एकदेव अधिकारीद्धारा अनुवाद गरिएको लघुकथा संग्रह स्वको खोजि आज एक कार्यक्रमबिच बिमोचन गरिएकोछ ।
कथाकार नारायण तिवारी,श्रीओम श्रेष्ठ रोदन, पुष्करराज भट्ट, यशोधा अधिकारी,सूर्य बिसी, श्रीराम राई ,घनश्याम डल्लाकोटी र अनुवादक एकदेव अधिकारीले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै कथाकार तिवारीले विस्वका प्रसिद्ध लेखकका लघुकथा नेपालीमा पढ्न पाउनु सुखद भएको बताए । त्यसैगरि श्रीओम श्रेष्ठ रोदन र पुस्करराज भट्टले अधिकारीको अनुवादको प्रसंशा गरेका थिए । अनुवादक एकदेव अधिकारीले पुस्तक र कथाबारे आफ्ना धारणा राखेका थिए ।
दुई दशकदेखि शिक्षण र साहित्यमा सक्रिय अधिकारीद्धारा अनुदित स्वको खोजि बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । उक्त पुस्तकमा विस्व प्रसिद्ध उन्नाइस कथाकारका पचास लघुकथा संग्रहित छन् ।
कार्यक्रमको सहजीकरण श्रीराम राईले गरेका थिए भने १६८ पृष्ठको उक्त पुस्तकको मूल्य २२५ रहेको छ ।

Sunday, March 11, 2018