सांस्कृतिक तथा मानसिक समस्याको खोजीमा

- कृष्ण धराबासी

नेपाली साहित्यको पछिल्लोकाल निरन्तर गद्यमय हुँदै गइरहेको छ । कविता, गीत, गजल, मुक्त आदिमा अल्मलिरहेका लेखकहरू क्रमशः कथा, उपन्यास, संस्मरण र नियत्रातिर तानिन लागेका छन् । काव्यबाट आख्यानतिर ढल्किएको लेखनयात्राले छोटै समयमा उल्लेखनीय कृतिहरू दिइसकेको छ । करिब सय वर्षो नेपाली उपन्यासको यात्रामा धेरै वर्षत नमुनाकै रूपमा सामान्य लेखनमै अल्झिएको थियो । गोविन्दबहादुर मल्ल गोठालेको 'पल्लो घरको झयाल’ बाट मनोवैज्ञानिक उपन्यासको प्रारम्भ भएपछि नेपाली उपन्यासले नयाँ मार्ग समातेको देखिन्छ । २०२१ सालमै इन्द्रबहादुर राईको 'आज रमिता छ’ ले नेपाली उपन्यासलाई आर्श्चर्यजनक यात्रातिर औँल्याएको थियो । २०२२ सालको पारिजातको 'शिरीषको फूल’ आजसम्मकै उष्कृष्ट कृति ठहरिएको छ । २०२३ सालदेखि डा. ध्रुवचन्द्र गौतमले चढ्न थालेको उपन्यासमा हिमाल आजसम्म निरन्तर यात्राक्रममै छ । नेपाली उपन्यासलाई अनेकौँ प्रयोग र बान्कीहरू दिएर सधैँ पाठकलाई आकषिर्त गरिरहने डा. गौतमको औपन्यासिक शक्ति अतुलनीय छ । धनुषचन्द्र गौतमका 'घामका पाइला र यहाँदेखि त्यहाँसम्म’ नेपाली उपन्यासका गौरवशाली कृतिहरू हुन् । रमेश विकलको 'अविरल बग्छ इन्द्रावती’ नेपाली जीवनको रङ्गीन तस्बिर हो ।
स्वेरकल्पनाबाट सुरू भएको नेपाली उपन्यासको यात्रा सामाजिक यथार्थवाद, मनोवैज्ञानिक पmायड चाड, प्रगतिवाद, विसङ्गतिवाद, प्रयोगवाद हुँदै आजसम्म आइपुग्दा यसले लीला तथा उत्तरआधुनिकता समेतका खुङ्किलाहरू पार गरिसकेको छ । यति छोटो समयमा यति गतिशील यात्रा तय गरेको साहित्यका अरू विधाहरूले छैन । आज नेपाली उपन्यास द्वन्द्वको जीवन हेर्न तम्सिरहेको छ । पछिल्लो कालका हाम्रो देशमा उत्पन्न द्वन्द्वबाट प्रभावित जीवनलाई उपन्यासहरूले निकै मिहिन पाराले हेर्न खोजेको छन् ।
प्रदीप नेपालको 'आकाशगङ्गाको तिरैतिर’, नारायण वाग्लेको 'पल्पसा क्याफे’ र डा. सञ्जीव उप्रेतीको 'घनचक्कर’ पछिल्लोकालको नेपाली द्वन्द्व जीवनको नाङ्गो चित्रणजस्ता लाग्छन् ।
समाजमा हजारौँ वर्षेखि दबिएर रहेका वैयक्तिक तथा सामाजिक कुण्ठाहरू र्सार्वजनिक हुनपरेपछि अनेक विकृतिहरू देखा परिरहेका छन् । द्वन्द्व र सङ्र्घष्ाका नामा लहडी खेलहरू पनि भइरहेका छन् । यहाँको जातीय तथा सामाजिक अन्तसंम्बन्धको अपव्याख्या गर्दै राजनैतिक पार्टीस्वार्थका खेलहरूले विशृङ्खलता उत्पन्न गर्ने काम पनि भइरहेकै छ । विभिन्न कारणबाट दमित जातीय कुण्ठाहरूलाई शिष्ट र समृद्ध ढङ्गले उत्थान गर्नुपर्नेमा विकृत चेतनाहरूको असमापक प्रस्तुति अर्को विसङ्गति भएको छ ।
लेखकहरूमा वैयक्तिक तथा सामाजिक जिम्मेदारीको दह्रिलो नैतिक बन्धन रहन्छ । सडकमा उप्रिmने जुलस, अर्काका घरतिर ढुङ्गा हानी हिँड्ने, भीड, बिनाकारण दौडिरहेको सवारी साधन रोकेर आगो लगाइहिँड्ने अराजक जमातहरू जस्तो गैरजिम्मेवार हुन सक्दैन लेखक । वर्तमानदेखि आगामी पुस्ताहरू समेतको दिमागमा अक्षर भएर बसिरहने चेतनाशक्तिलाई लेखकले दुरूपयोग गर्न सक्दैन, गर्नु हुँदैन । तात्कालिक लोकप्रियता वा प्रचारमोह लेखकको अभिष्टता बन्नु हुँदैन । आजका प्रत्येक लेखकलाई यो नैतिक बन्धन छ । यसै बन्धनभित्र बसेर लेख्नु पर्दा सामाजिक दायित्वको ठूलै भारलाई स्वीकार गर्नुपरेको देखिन्छ ।
नेपाली साहित्य, राष्ट्रभाषा नेपालीमा लेखएको र भाव, चेत र बोधले सम्पन्न भएको देखिन्छ । भाषालाई नै साहित्यको आधार मानिँदा केही भ्रमहरू पनि सिर्जना भएका छन् । यथार्थमा भाषा नै साहित्य होइन, भाषाको माध्यमबाट भनिने कुरा साहित्य हो । साहितयको जग भनेको संस्कृति हो । संस्कृतिबाट उत्पन्न व्यावहारिक जीवनका दुःख, सुखहरू साहित्यका विषय बनी आएका हुन्छन् । नेपाली भाषाको साहित्यमा समग्र संस्कृतिको झलक आउन सकेको पाइँदैन । नेपालभित्र हजारौँ वर्षेखि चलेर आएका सांस्कृतिक सर्न्दर्भहरू सन्तोषजनक रूपमा साहित्य र कलामा साक्षात्कार हुन सकेका छैनन् । सयौँ भाषाभाषी र जातजातिहरूको उपस्थिति रहेको नेपाली संस्कृतिमा पाइने समावेशी तथा स्वतन्त्र अस्तित्वलाई मिसाएर एकै ठाउँ र छुट्याएर अलग अलग गरी हेर्ने शैली नै राम्ररी विकास भएको छैन ।
वास्तवमा नेपाली जीवन बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समावेशी चेतबाट संरचित छ तर यसलाई
हेर्ने दृष्टिकोण भने स्थुल र एकल भएकाले समग्र राष्ट्रिय संवेदनाशीलताको संवोधन भने हुन सकेको देखिँदैन । खासमा समाजको यथार्थ र समग्र व्याख्या गर्न सक्ने साहित्यिक विधा उपन्यास हो, जका माध्यमबाट महाआख्यानहरूको सिर्जना गर्न समेत सकिन्छ । पछिल्लो कालमा उपन्यासहरूले विषयको अलग ढङ्गले छनौट गर्न थालेका छन्, तथापि तिनले चित्त बुझदो स्तरको आधार भने टेक्न सकेका छैनन् । तर अबको लेखन सांस्कृतिक अध्ययनसँग मिसिएको हुने लक्षण देखिन थालेको छ । खास गरी नेपालभित्र रहका जातजाति र भाषाभाषीहरूको समस्या र संवेदनशीलता लेखनमा रमाउन सकेको छैन । यस्ता बेलामा लेखनले आञ्चलिकतालाई समात्न सक्नु पर्ने हो । विगतमा लेखिएका केही सुन्दर आञ्चलिक उपन्यासहरू भनदा पछि सन्तुष्टि पाउने कृति आएका छैनन् भने पनि हुन्छ । आफ्नो समाज र जीवनको जटिलतालाई बुझनुभन्दा पश्चिमी शैलीका विकसित सोच र चेतलाई जागृत गराउने खोज्दा कति साहित्यिक कृतिहरू केही सीमित समुदायको बुद्धिरञ्जनको साधान मात्र बनेका देखिन्छन् । वर्षौंदेखि मान्दै आएको धर्म, संस्कारलाई हाम्रो हो र होइन भनेर कराइरहनुभएको छ । सबै नयाँ-नयाँ बनाउँदै हुनुहुन्छ । सबै नयाँ बनाएर ठूल्ठूलो स्वरले कराउँदैमा जातीय रूपमा बलियो भइँदैन, झन् कमजोर भइन्छ । कमजोरीको युद्ध गरेर तपाईंहरूले के सिद्ध गर्न खोज्नु भएको हो - आदिवासी हुनलाई बलियो आधार चाहिन्छ । बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । आफू बलियो भएपछि कसैले राजनीति गरेर दमन गर्न सक्दैन । आदिकालदेखि नै मान्दै र गर्दै आएको कुराहरूलाई गोलमटोल गरेर नयाँ बनाउने होइन, यसलाई जगेर्ना गर्न सक्नुपर्छ सम्भव भएसम्म । आफ्नो सम्पत्तिको संरक्षण गर्न नसक्ने जातिले अरू के नै गर्न सक्छ -"
कृतिको प्रारम्भ नै अत्यन्त समसामयिक र बौद्धिक प्रश्नबाट सुरू भएको छ । वास्तवमा देशमा चलिरहेका जनजाति र आदिवासीहरूको आन्दोलनलाई चाहिने आन्तरिक मानसिक र ताथ्यिक शक्तिको कमजोरी पक्षबाट कृति प्रारम्भ भएको छ । जुनसुकै जातिले पनि आफ्नो सांस्कृति र परम्परागत प्राचीनताले शक्ति प्राप्त गर्ने हो । प्राचीन र पुरातात्विक महत्ताबाट आफ्नो अस्तित्वको खोज धेरै शक्तिशाली हुन्छ तर कृतिकारले भने जस्तो यहाँ चलिरहेको कतिपय आन्दोलनहरू पूर्व पिँढीका बेगर नै सडकमा पुगेका देखिन्छन् ।उपन्यास आदिवासीहरूको सांस्कृतिक र ऐतिहासिक सन्दर्भहरूको खोजमा अघि बढेको छ । तर सँगसँगै एउटा 'भय’ मानसिकता पनि सँगै सक्रिय भएको छ । एकाएक एउटा मानसिक रोगले समातेको छ नायकलाई । डराउने, तर्सिने, काम्ने, आत्तिने, बेहोस हुने आदि । यस्ता बेला एउटा छायाँले सधैँ तर्साउने र पछ्याउने गर्छ । धामीझाँक्री, औषधिमुलो केही पनि उन्नाइस नभएपछि एकदिन घरबाट एकाएक भाग्छ । घरलाई त्यागेर हिँडेपछि कता-कता केही सञ्चो भएजस्तो, कुनै बन्धनबाट मुक्त भएजस्तो, उज्यालोतिर पुग्न पाएजस्तो बोध गर्दागर्दै जङ्गलतिर, अनकन्टारतिर कता-कता भ्रमण र्गर्न थाल्दछ । नायक निसाम निकै बौद्धिक र आधुनिक ज्ञानहरूले भरिएको युवक छ । उसले वर्तमान विश्वले जानेका बुझेका ज्ञानका अनेक पाटाहरूलाई अध्ययन गरेको छ । मानसिक तथा मनोवैज्ञानिक पद्धतीहरूको जानकारी लिएको छ । आफ्नै बारेमा आफै पनि अनुमान लगाउने प्रयत्न गर्छ । मृत्युपछि पनि हाम्रा शरीरका लवण, आवाज आदिहरू यही वा भूमण्डलमा रहन्छ र त्यो फेरि अरू-अरू मानिसहरूमा प्रवेश गरिरहन्छ - यो चेतना चक्र हो, भनी ऊ बताउँछ । नायकको मानसिकता धेरै विकसित र सम्पन्न छ तथापि उसलाई पछ्याउने कालो छायाँ भने उसको अवचेतनबाट पटक्कै हट्न सक्दैन । यही समस्याले ग्रस्त भई घरै छोडेर त्यो समस्याको निदानका लागि निस्केको छ आदिवासीहरूको संसारमा पुग्दछ ।
'आदिवासी गाउँ’ मा पुगेपछि त्यहाँका बासिन्दाहरूको सालिनता, आत्मीयता, उदारता, दया, प्रेम र सादापन देखेर ऊ अत्यन्त प्रभावित हुन्छ । उनीहरूले पुज्ने प्रकृति र देवदेवीहरू, उनीहरूले मनाउने चार्डपर्व, इत्यादि देखेर ऊ अचम्मित र आनन्दित हुन्छ । 'आदिम रूख’ र 'साबाला खोला’ आदिवासीरूको आस्थाको प्रतीकजस्ता छन् । उनीहरू यथार्थमा प्रकृति पूजक हुन् भन्ने यसले प्रस्ट गर्छ । उनीहरूले पुज्ने देवताहरू वन देवता, जल देवता, अग्नि देवता, रूख देवता, बाँदर देवता, र्सप देवता, सिकारी देवता आदि हुन् भने पूजा सामग्रीमा साप्सिङ, अम्लिसो, घुङ्रिङ, तीतेपाती, केराको पात, कुखुराको फुल, जाँडरक्सी, अदुवा, अछेतापाती, आदि हुन् । यी देवता र पूजा सामग्रीहरूबाट आदिवासीहरूको पुरातन संस्कृतिको अनुमान गर्न सकिन्छ ।
अर्कातिर सहरमा आदिवासीका नामा भइरहेको राजनीतिलाई पनि उपन्यासले कडा प्रहार गरेको छ । तिभरि आदिवासीबारे निकै छलफल गरिएको छ । आदिवासीको प्राचीन महत्ताको खोजमा कृतिले निके लामो फन्का मारेको छ । प्रकृतिका नजिक रहेका उनीहरू आदिम तन्त्रमन्त्र र पूजामा विश्वास गर्छन् । आदिवासी गाउँबाट घुम्दै जङ्गलको बीचमा पुग्दा बेग्लै मानिसहरू होमयज्ञ गरिरहेका र ऊँ’ को उच्चारण गर्नेहरू भेट भएका छन् । उनीहरूले आत्म र भयका बारेमा केही भनेका छन् तर ती आदिवासीहरूले चिनेका भन्दा बेग्लै कुरा हुन्छ ।
जेहोस् भ्रमणका क्रममा नायकले धेरै कुरासँग भेट गरेको छ । चिन्न पाएको छ । भयबाट मुकितको यात्रामा हिँडेको यसले अनौठो संसार घुम्छ कथाभरि । कथाले उपसंहरमा दुइ कुरालाई दह्रो गरी उभ्याएको छ ।
क) आदिवासीहरूको संस्कार राम्रो हुँदाहुँदै पनि बढी जाँडरक्सी र माछामासुले बिग्रिएको र अब त्यसमा सुधार ल्याउनुपर्ने र ज्ञानमार्गमा लाग्नुपर्ने ।
ख) 'य’ मान्छेको जीवनको सबैभन्दा ठूलो समस्यो हो । हाम्रा सबै गतिविधिहरू भयबाट सञ्चालित छन् । भयबाट मुक्त हुनलाई 'य’ चिन्नुपर्छ । भयलाई चिने पछि त्योबाट मुक्त होइन्छ । भयमुक्त मानिसले जीवनमा सबै समस्याहरूबाट सफलता पाउन सक्दछ ।
एउटै उपन्यास फरक फरक दुइ बाटोबाट हिँडेको देखिन्छ । एकातिर सांस्कृतिक विषयवस्तुको खोजी र अर्कोतिर मानसिक समस्याहरूको निदान । लेखकको कप्लना धेरै नै उडेको छ । जङ्गल-जङ्गल र अति प्राचीन समाजतिर पुगेको छ । त्यस्तो समाज आजको युगमा सम्भवतः कतै पनि छैन होला । आदिवासीहरू पनि त्यति परै छोडिएका होलान् जस्तो लाग्दैन र संस्कृतिको त्यो पुरानो यात्रा खोज्न कथालाई परैसम्म पुर्‍याइएको हो कि अर्कातिर यो उपन्यासको आदिवासी शब्दले तमाम आदिवासीहरूलाई संवोधित गर्दैन । पूर्वी नेपालका किराँतीहरूलाई मात्र समेटन् खोजेको छ तर आदिवासीहरू भनेका पहाडे किराँतीहरू मात्र होइनन्, मधेशी समुदायमा पनि आदिवासीहरू छन् र उनीहरूको 'दिवासीयता’ फेरि अर्कै होला ।
खासगरी किराँती आदिवासीलाई संवोधन गर्न खोजेको यस उपन्यासले किराँती झाँक्री परम्पराबाट निक्कै नजिकबाट हेर्छ । वनझाँक्रीले लैजाने र दीक्षित बनाएर पठाउने आख्यान बडा लोकप्रिय छ पूर्वतिर । यस कृतिको नायक पनि झन्डै झन्डै वनझाँक्रीकै खोजीमा हिँडेको भान हुन्छ ।
जेहोस् यो उपन्यास पढ्दा एक किसिमको अनौठो कल्पनालोकमा पुगेको भान हुन्छ । प्राचीन समाजसँग भेट हुन पाएको आनन्दबोध हुन्छ । मानसिक रूपमा पनि निकै बौद्धिक दबाब पर्छ यसबाट । देश सुब्बाले 'भयवाद’ बारे एउटा मानसिक अध्ययन गरिरहेको सन्दर्भलाई यस कृतिमा देखाउने प्रयत्न गरेका छन् । यद्यपि, उपन्यासले भयवादको दृष्टिकोण भने प्रस्ट गर्न सकेको छैन । उपन्यास पढिसक्दा पनि एउटा अन्यौलचाहिँ कायमै रहन्छ - यो उपन्यास लेखनको लेखकीय उद्धेश्यचाहिँ भयवादको प्रायोगिक अभ्यास हो कि, आदिवासीको उत्खनन् -जेहोस् कृति पठनीय छ । लेखकमा कृति सक्न केही हतार परेको जस्तो लाग्छ पढ्दा, तथापि पठनकालभरि पाठक रमाइरहन्छ । छिट्टै सकिन्छ पढ्दा-पढ्दै ।
नयाँ उपन्यासका लागि लेखकलाई बधाइ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 माघ, 2065

लेखकका अन्य रचनाहरु