पहाड

- भीष्म उप्रेती

 

पहाडजस्तो रहेन अब ।

त्यहा वरपीपल हुनर्ुपर्छ सियाल ताप्न

आस्थाहरू चुलिएर मन्दिर बनेको हुनर्ुपर्छ

र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल

एउटा जिउदो सङ्गीत हुनर्ुपर्छ

मान्छेहरू हिडेको हुनर्ुपर्छ निर्धक्क

र छायाजस्तो अघिपछि सगसगै हिड्नर्ुपर्छ प्रेम

पहाड हुनलाई ।

त्यहा

रोदीहरू, रत्यौलीहरू र साकेवाहरू

चर्ुर्लुम्म डुबेका छन् शोकको आहालमा

घण्टहरू बज्दैनन् र चराहरू उड्दैनन् उन्मुक्त आकाशमा

गुरासको रङमा मुस्कान फुल्दैन

फूल सिउरिनलाई कालो कपालमा

र्समाउने वैस छैन

तन्नेरीहरू बग्दैबग्दै टाढा गइरहेका छन्

हरेक दिन

देवताहरू बग्दैबग्दै टाढा गइरहेका छन्

हरेक दिन

आस्थाको नाममा रित्ता मन्दिरहरू पनि

भत्कदैछन् आगो र पहिरो खाएर दिनदिनै ।

हरे सपनामा पनि नसोचेको कुरा

भोको आगो मात्र छ पहाडमा अहिले ।

पहाड

पहाडजस्तो रहेन अब ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 24 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु