हे, भगवान ! मान्छे के हो ? मान्छेहरुको नाङ्गो नाँच किन ?

- दीर्घराज प्रर्साई

हे, भगवान ! मान्छे के हो ? मान्छे किन यस्तो दानवीय आचरण देखाइरहेको छ । अरुहरु देशका मान्छेहरु राक्षसको व्यवहार गर्छन् भन्ने सुनिन्थ्यो तर नेपालमा यो सैतानी रोग कहाँबाट आयो ? मान्छेहरुको चरित्र देखेर आफैलाई धिक्कार्न मन लागेको छ । मलाई मान्छेहरुमा नेपालका जंगबहादुर र जर्मनका हिटलर मन पर्छ । जंगबहादुरले कच्याककुचुक् पारेर सबै नेपालीहरुलाई उठ्नैं दिएनन् । हिटलर जस्तै उ पनि घोर राष्ट्रवादी थिए । नेपालमा मान्छेहरुलाई त्यस्तै गर्नु पर्दोरहेछ । डरछेरुवा मान्छेको प्रवृत्तिको अध्ययन गर्ने एउटा कडी हो । हिटलर साच्चैका आँटी मान्छे हुन् । तर हिटलरले आफ्ना बिरोधीहरु र दशौं लाख यहुदीहरु नमारेर उघ्र महत्वाकांक्षी भएर नहिडेको भए राष्ट्रवादको मामिलामा विश्वमा हिटलर एक नम्वरमा गनिन्थे । नेपालमा पनि पथभ्रष्ट नेताहरुको कुकृत्यबाट यो पूण्यभूमि ओरालो लागेको कसरी हेरिरहने हो ? विदेशीको दासत्व स्वकिारेपछि लाज-सरम केही नहुँदो रैछ । नेपालमा नेतृत्व तहमा बसेकाहरुले आफूलाई लुगा लाएको जस्तो ठान्छन् तर नाङ्गा छन् । हामी यति भ्रष्ट र व्यक्तिवादी छौं कि जस्को कारणले नेपालको राजनीतिक क्षेत्र र प्रशासकीय व्यवस्थानैं सखाप भइसकेको छ । हामी सध्य भएर पनि कूँजा छौं । सबैमा-मुखमा राम राम बगलिमा छुरा छ ।

सम्पूर्ण सरकारी स्रोत र साधनहरु आफ्नो निजी काममा प्रयोग गर्ने तर कसैको पनि काम नगर्ने र कसैको काम गरी हालेमा पनि घुष वीना कसैको काम नगर्ने । बिदाको दिन अथवा अलिकति फुर्सद भयो कि तास खेलेर दिन बिताउने र अनुकुल पर्यो भने अर्काकी छोरी, बुहारी वा अर्काकी श्रीमतीसँग लस्सिएर समय बिताउनु बाहेक यहाँका राजनीतिक, प्रशासनिक क्षेत्रका मान्छेको केही काम छैन । यस्ता विकृतिको जंजालमा समाजलाई फसाउनुमानैं यहाँका राजनीतिक मान्छे र कर्मचारीहरुको दिनचर्या बितेको छ । २।४ जनालाई छोडेर नेपालमा कुनै पनि यस्तो राजनीतिक कार्यकर्ता र कर्मचारी छैन जस्ले अर्काकी छोरी, श्रीमती, बुहारी नबिगारेको होस् । आफ्नी श्रीमती होस् कि नहोस् त्यसको कुनै प्रवाह छैन । अनेकौं गोप्य साँठगाँठ र बहाना झिकेर घुष खाएको पैसा र तासको आम्दानीबाट जम्मा भएको पैसाबाट केही प्रतिशत रक्सी र रण्डीेवाजमा खर्च गर्ने प्रवृत्ति यति बढेको छ कि त्यस्को लेखाजोखा गर्ननैं मुस्किल छ । कतिले त रखेलको रुपमा कतिपय स्वास्नी मान्छेहरुलाई राखेको सुनिन्छ । यौन चलखेलको कारणबाट राज्यमा अनेकौं ठूलाठूला निर्णय पनि अन्धधुन्दमा हुने गर्दछन् । पहुँचवाला ठूलाबडाका श्रीमतीहरु भित्रभित्रै यहाँ अरुहरुसँग लडारिएर यौन लीलामा लागेका हुँदा कतिले त आफ्नो काम यसैबाट पट्टयाउँदा पनि रहेछन् । सुन्दा पनि आँङ जिरिङ्ग हुन्छ । हे, भगवान् ! नेपालका मान्छेहरु सैतान हुन् कि बानर हुन् ? किन यो पूण्यभूमिमा यस्ता नरपशुहरु जन्मायौ ?

यौन विकृति र घुषको पराकाष्ठा भएपछि विश्वासघातले विकराल रुप लिदोरहेछ । मान्छेले आफ्नी आमा,दिदी,बहिनी,स्वास्नी, बुहारी, छोरी कस्तो चहान्छ त्यही हद यस्को सीमा हो । समाजभित्र मानिस बस्न सक्ने परिभाषानंै यही हो । आफ्नी आमा, दिदी, बहिनी, छोरी,बुहारी र स्वास्नी चाहीं चरित्रवान र राम्रो हुनु पर्ने अनि अली परको चाहींलाई आफूहरुले यौन विकृतिको माहौलमा फसाएर ठूलो विपत्तिमा पारी दिदा पनि हुने । चरित्र भनेको सद्व्यवहार हो । चरित्रनैं नभए पछि त्यस्ताहरुबाट समाजले के आशा राख्न सक्छ ? बुद्ध यौन नियन्त्रणबाट विरक्तिएर हिडे, यौन ठक्करले कालीदास महाकवि बने । दुनियाँको हलचल नैं यौन आकर्षाबाट प्रस्तुत हुन्छ । साहित्यमा यसको विवरणको तुष छैन भने खल्लो हुन्छ । त्यो त हो, तर पनि त यस्को हद हुनु पर्दछ । यौनकै कारणले समाजलाईनैं दुषित पार्नु त भएन नी । यौन विकृति असामाजिक कुरा हो । यौन असंतुलन र असीमित चहानाले मान्छेले मान्छेलाई मार्छ । यौन विकृति बढदै गयो भने त्यस्ताहरुले हत्या गरेर संतुष्टी लिनेहरु पनि छन् । यौन संतुष्टी नभएको मान्छे र धेरैसँग यौनसंर्सग गरेका मान्छेहरु यी दुबै असन्तुलित र व्यविचारी हुन्छन् । यौन असन्तुलित मान्छेहरु राजनीति र प्रशासन क्षेत्रमा पुगे भने त्यस्ताहरुको कारणले सबै कुरा वरवाद हुन्छ ।

राणाहरुले यौन प्रवृत्तिलाई काबुमा ल्याएनन्, नैतिकतालाई बचाएनन् । यसलेनै उनीहरुको र्सवश्व गर्यो । प्रताप मल्ल त्यस्तै बलत्कारी थिए जस्ले जत्तिसुकै प्रायश्चित गरेता पनि सफाई पाउँन सकेनन् । जुद्धशम्सेर र वि.पी. कोइरालामा यौन बिकृतिले सताएको थियो भनिन्छ । राजनीतिक परिवर्तनमा अनेकौं यौंनकाण्डहरुको कारणले ठूलाठूला परिवर्तन भएका छन् । तर मान्छे कुकुर भन्दा यौनमा बढी भयो भने त्यस्तालाई अपराधी सरह्र मान्नु पर्दछ । कुकुरको ता एउटा समय अथवा महीना हुन्छ तर मान्छेको इज्जत कुकुरको भन्दा माथिको छैन । कुकुरले त बरु धोका दिदैन । यौन विकृतिको चरम सीमा नागेर अमेरिकी पुर्व राष्ट्रपति क्रिन्टनको चरित्र सम्झदा अहिलेसम्म लाज लाग्छ । हो, यौन भनेको प्राणीहरुको लागि भावनात्मक मनोदशा हो । तर नाङ्गो यौन स्वतन्त्रता कायम हुने हो भने यो धर्तीमा सैतानरुपी पशुहरुको दार्ँइ हुन जानेछ । यसलाई प्राणीहरुले जसरी चहान्छन्, त्यसरीनै सदुपयोग गर्न सक्छन् । यसलाई छाडा बनाएर पे्रममय जीवनलाई निरस र कृत्रिम बनाउनु त भएन नी ! यौन जीवनको दुरुपयोग भएकाले आजको हाम्रो समाज झन झन पशु भन्दा तल झर्दै छ ।

मान्छेहरुको घातक व्यवहार देख्दा मान्छे भनेको ब्वाँसाको जस्तो कन्याउँदै आन्द्रा चुडाउने प्राणी हो जस्तो लाग्छ । मान्छे यस्तो पापको लहरो हो कि उसले हेपेको छ भने कुल्चेरै मार्छ । कम्जोरहरुको अगाडि मान्छे यस्तो निरंकुश हुन्छ कि उसले इदी अमिनलाई पनि बिर्सेर दिन्छ । मानिसलाई विवेकशील प्राणी भनिन्छ तर यो सत्य हो कि प्राणीहरुमा मान्छे जस्तो विवेक नभएको प्राणी अर्को नहोला । लाज घीन छैन भने संसारमा मान्छेले दानवको व्यवहार गर्छ । यति यो निरंकुश छ कि अरुहरुलाई उदार हुन सिकाउछ । अर्काको खाने, आफ्नो अरुलाई नदिने । आफूलाई दुख्ने, अरुहरुलाई नदुख्ने, अरुहरुले उसलाई मायाँ गर्नु पर्ने, उसले अरुलाई चिथोर्ने । बानरले त बरु बच्चा बोकेर हिडछ मान्छेले त अप्ठयारो पर्यो भने बच्चा निचोरेर फाली दिन्छ । मान्छेले मान्छेलाई नाक र कानबाट गोली ठोकेर मार्नुपर्ने यिनै कारण हुन् । मानिसको इतिहासनै वर्गसंर्घको परिणति हो भनेर कालमार्क्सले किटान गरे तर त्यो आर्थिक मामिलासँग मात्र संवन्धीत नभएर मानिसको सैतानी प्रवत्तिको वकालत पनि थियो । मानिसलाई स्वन्त्रता भूइँनभाँडाको हुन्छ । मानिसलाई कुँज्याएर राखियो भने उ लुरुक्क हुन्छ । मान्छेहरु सबै मिलेर मान्छेलाई नियन्त्रण नगर्ने हो भने मान्छे जंगली हात्ती जस्तो उन्मुक्त भएर मान्छेले सबैलाई कुल्चेर मार्न सक्छ । त्यसो भएकाले मान्छेहरु सबै मिलेर बस्नलाई ऐन, कानून र संविधान तयार गरेका हुन् । मान्छेलाई सामाजिक प्राणी भनेता पनि वास्तवमा उ एउटा असमाजिक राक्षेस हो । यो मिचाहा हो ।

मान्छेलाई कसरी चिन्ने ? मान्छे भनेकोनैं एउटा भ्रम हो । मान्छे प्राकृतिक लीला भएता पनि उ अप्राकृतिक हो । हात्ती र बाघका देखिने दाँत हुन्छन् तर मान्छेका दाँत कोखमा हुन्छन्? लुकेका र्सपको खुट्टा जस्तो नदेखिने । पाप र बेइमानी लुकाउँने स्यालका सिङ हुन्छ भन्छन् तर मान्छेका सिङ र दाह्राहरु नदेखिएता पनि यस्का दाह्रा र सिङ यस्ता बिषालु हुन्छ कि यसले टोके पछि कुनै दबाई-मुलोले पनि काम गर्दैन । कहिले एक थोपा पानी खान नपाएर मान्छे मर्छ? तिर्खाले, कहिले पानीनैं पानी पेटमा भरिएर मर्छ यो । मान्छेले बुद्धको जस्तो सोचाई गर्दैन । खरायोलाई जति पाले पनि उसले मालिक चिन्दैन । मान्छे पनि खरायो जस्तै कृतघ्न प्राणी हो जस्लाई जति सेके पनि आफ्नो बनाउन सकिदैन । लोग्ने र स्वास्नी वीचको झगडा त आ-आफ्नो स्वार्थको खेल मात्र हो । यसरी मान्छेले मान्छेलाई गर्ने मायाँ त एउटा ढोंग मात्र हो । मान्छे असत्य र झुठ कुरामा पनि टेक लिएर मर्न सक्छ । आफूलाई प्रकृतिको राजा ठान्छ तर परिआयो भने मान्छे स्याल भन्दा डरछेरुवा भएर लुक्छ । काम नलाग्ने नपुंशक पापीहरुको बास नेपालमा भएको छ । यहाँका मान्छेले मान्छेलाई मद्दत गर्छ भन्ने कुरा र्व्यर्थ हुन् । कही मद्दत गरिहाल्यो भने पनि आफ्नो स्वार्थ नहेरी कसैको काम गर्दैन । मान्छे कस्तो ढोँगी ? कोही साधु हुन्छन्, कोही देश छोडेर हिडछन्, कोही विरक्तिएर झुण्डिएर मर्छन्, कोही खोलामा हाम फाल्छन् । एउटा मलामे डण्डीले बिजुलीको तार छुने बित्तिकै उ परलुक्क हुन्छ । मुसा मार्ने दबाई खाएर ओछयानमा सुत्यो भने उ सुतेको सुत्यै हुन्छ । तैपनि धाक लगाउँन छोडदैन । हे, भगवान ! नेपालमा अपराधी, नामर्द, नपुंशक र २०४७ सालपछि सत्तामा आएका कुलङ्गार मानिसहरु जस्ता नजन्माई देऊ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 26 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु