नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

- आचार्य प्रभा

मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, सङीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरु कठोर स्वभावका हुन्छन। मलाई गीत ,सङीत मन पर्छ त र केटा ,केटा ,बुढा,बुढी ,फूल मन पराउनु भनेको इक्षाद्वारा होइन त्यो प्रक्रीतिले नै भित्रैबाट दिएको आत्मिक शक्ती हो। त्यो जबर्जस्ती इेछ्या बनाएर थोपरिएको होइन त्यो त भित्री अन्तस्करणबाट नै मन कोमल बनेर ती कुराहरुमा आक्रीष्ट भएको हो जस्लाई इेछ्या भनेर जबर्जस्ती नक्कली माया दिन सकिन्न ।

यस्तै मन पर्ने ,भित्री हृदयबाट नै उक्त कुरा देखेपछी मन प्रफुल्ल हुने मध्येमा मेरो निम्ती बच्चाहरु हुन जुन चाहे जन्मकै दिनदेखी होस् वा हुर्किएर बल्ल तोते बोली बोल्दै गरेको होस्। यस्ता बच्चा हरु मलाई असाध्य मन पर्छ ,माया लाग्छ म उनिहरुसँग घण्टौ घण्ट सम्म पनि आफुलाई हराउन सक्छु। उनिहरुको तोते बोलिमा नै म संसारको रमाइलोपन पाउछु हुन त मेरा पनि तीन छोरीहरु छन जुन जवान भैसके ता पनि मलाई बच्चाहरु प्रतिको मोहले अझसम्म छाडेको छैन। यसरी बच्चाहरु मन पराउने क्रममा म धेरै बच्चाहरुप्रती आक्रीष्ट मात्र होइन मोहित भएकी छु र मेरो अन्तर्मनबाट नै तिनिहरुको भेटले मलाई खुशी छरिदिएको आभाष पाएकिछु हुनत यहाँ मैले ''बच्चा ''भनेर मान्छेको जातलाई जनावरसँग तुलना गरे जस्तो भान भएको छ तर सामान्य बोलिमा आजकल 'छोरा छोरी 'भन्ने भन्दा बच्चाहरु भन्ने चलन नै चल्ती भएकोले यस्मा म क्षमा प्रार्थी छु । हुनत केटा केटी भन्दा पनि हुनेथ्यो तर केटा केटी भन्नाले पनि त जवान पुलिङ केटा र जवान स्त्रीलिङी केटी अर्थात तरुण -तरुणी जोडी को अर्थ पहिल्याउला भन्न सकिन्न त्यसैले मलाई ''बच्चा'' भन्न नै उचित लाग्यो तर मेरो ''बच्चा ''भन्नै पर्छ भन्ने ठोकुवा चाँही होइन बाध्यता हो ।

म बच्चाहरु अर्थात केटा केटी नानीहरु प्रतिको मेरो आकर्षण र मनपराइको बारेमा बोलिरहेकी थिएँ यथार्थमा म सँग त्यस्ता धेरै घट्नाहरु छन मैले नानीहरु मन पराएर मिलनमा रमाएको र बिछोडमा म कमजोड बनेका घट्नाहरु। ती सबै लेख्न असमर्थ छु तर सम्झनामा भने म ती बिछोडीएका बालकहरुको झझल्कोले अझ पनि बिह्वल बनिरहेकी छु। अब बिर्सीदिॐ ती पिछडिएका छायाहरुहरुलाई। होम अमेरिका आएर पनि रेस्टुराँमा काम गर्दा एौटा ग्राहकको'' छोरो '' जस्को नाम ''रायन '' थियो त्यो बालक प्रती म उत्तिकै आक्रीष्ट थिएँ। ऊ बल्ल तीन चार बर्षमात्र पुगेको थियो । त्यो बालकले उस्का आमा -बाबालाई जबर्जस्ती त्यही रेस्टौरेन्ट लैजा भनेर दिक्क दिन्थ्यो रे त्यसैले हप्ताको दुई पटक उस्लाई त्यो रेस्टुराँमा ल्याइन्थ्यो जब उनिहरु रेस्टुराँभित्र छिर्दथे त्यो बच्चा अनायस आधिहुरी जस्तै भएर मलाई समाउन आइेपुग्थ्यो उस्लाई आमा बाबुको मतलब हुँदैनथ्यो यती सम्म कि खाना खाइ सकेर फर्किसकेपछी पनि रेस्ट्रूम जाने बहानाले फेरी आमा ,बाबालाई छ्क्याएर रेस्टुराँमै कुदेर आइेपुग्थ्यो। उस्का पछी पछी आमा -बाबा कुदेर लिन अाउदथे ।

यसरी म सँग पनि धेरै जसो बच्चाहरु आक्रीष्ट हुन्छन किन हो ? शायद मेरो मन पराउने इक्षा मात्र भएर होइन कि भित्री आत्माबाट नै मैले पनि उनिहरुलाई रुचाएर होला शायद। यसरी बच्चासङको मिलन बिछोडका क्रममा मेरो भर्खरमात्र डेन्भरमा भानु जयन्तिको साहित्यिक कार्यक्रममा एउटा भाईसँग भेट भएको थियो जो भर्खरमात्र भुटानी रेफुजी अन्तर्गत नेपालको बेल्डाङी शिविर दमक झापा बाट भित्रिएका रहेछन बोलिचालीको क्रममा चिनाजानि भयो म पनि दमककै बासी भएको कारणले ऊ सँग कुराकानी लामो नै भयो। भर्खर अमेरिका भित्रिएको कारणले नौलो अनुभव र एक्लोपन महसुश गरिरहेको बेला मैले बोलिदिदा शायद त्यो भाईलाई म प्रती अलिकती आफ्नोपनको आभाष भएछ क्यारे घरमा गएर श्रीमती र पाँच बर्षकी छोरीलाई मेरो बारेमा भनेर मेरो फोन नम्बर दिएछन एकदिन अचानक फोन को घण्टी बज्यो। नौलो आवाज आयो मैले चिनिन भने तर ती आमा छोरीले प्रष्ट्याए कि हामीले तपाईंलाई नचिने पनि नाम सुन्यौ। तपाईं प्रभा दिदी हैन ?भनेर आमा चाँहीले के भनिरहेकी थिइन छोरीले फोन खोसेर बोल्न थालिन ''हेल्लो प्रभा आण्टी ''भनेर सम्बोधन गरिन त्यो बालिकाको आवाजबाट नै म यती मुग्ध भएँ कि पाँच बर्षकी बालिकाको कस्तो प्रष्ट बोली ?मैले नाम सोधें ''सुस्मिता ''भन्ने जवाफ आयो त्यो फुची यसरी बोल्न थालि कि मानौ उस्को मेरो बर्षौ बर्ष देखीको भेट भएको हो यसरी हाम्रो भेट नभए पनि फोनमा कुराकानी भैरहन्छ म त्यो बालिकाको बोलिबाट अती नै प्रभावित छु निस्छल, निष्कपट वाक्यहरु बोल्छे यसरी फोनमा कुरा गर्ने क्रममा मैले त्यो बचिको इक्षा बुझ्न धेरै कुराहरु सोधें। उस्को निश्छल जवाफहरु मैले सुनिरहेकी थिए किनकी शरणार्थी शिविरको कथा, ब्यथा अभाव मैले शिविरमै गएर देख्ने मौका पाएकिथिए। बच्चाहरु नाङा ,भुतुङा कुदिरहेको पनि मैले अवलोकन गरेकिथिए यसै प्रशङमा यहाँ आएर त्यो बालिकाको मानसपट्लमा कस्तो प्रकारको प्रभाव परेको रहेछ त भन्ने आशय बुझ्न मैले उस्लाई प्रश्न गरें । ''नानी तिमी नेपाल कहिले जाने? यहा राम्रो लाग्यो कि नेपाल राम्रो लाग्यो ?यहा मन पर्‍यो कि नेपाल भन्दा ''उस्ले एकै वाक्यमा हठातको साथ जवाफ दिई ''नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ ,जहिल्यै मान्छे मार्छ ,मलाई त नेपाल मन पर्दैन भनी। म उस्को वाक्यले मौन बने । मलाई यस्तो लाग्यो कि त्यहाको अभाव ,दुख र शारणार्थि हुनुको पीडाले होला उस्लाई नेपाल मन नपरेको भनेर त र उस्को आशय त्यो होइन रहेछ उस्को अबोध सोचाइमा पनि नेपालको त्यो नरसंहार ,बिभत्स हत्या हिँशा ,गोली बारूदको आवाजले बित्रिष्णा जागेको रहेछ र अली अली कापेको आवाजमा उस्ले भनी ''अनी नेपालमा त बन्दुक हान्छ नि त त्यसैले मलाई नेपाल मन पर्दैन भनी त्यो बालिकाको मनोबैज्ञानीक भाव बुझेर म अनुत्तरीत बने हुन पनि त हो हाम्रो देशमा नसोचेको आधी ,हुरी आयो जस्ले गर्दा सबैको मनमा डर र त्रास, भयले डेरा जमायो। जहाँ तही बन्दुक र बारूदको गन्ध मात्र उड्न थाल्यो । आकाशमा चम्कने बिजुली चट्याङ बनेर धर्तिमा पल पल मा नै खस्न थाल्यो त्यसैले पनि सबैको मनमस्तिष्क,दिमागमा त्यही आवाजहरु गुन्जिन थाले भने त्यस्ता अबोध बाअलकहरुका दिमागमा किन असर नपरोस ? यसरी त्यो बालिकाको उत्तरले म अवाक बने ।

अहो म त आफुलाई मन पर्ने अर्थात प्रीय लाग्ने बस्तुहरु को बारेमा कुरा गरिरहेकी थिएं। यसै शिलशिलामा देशप्रतिको सोचमा डुब्न पुगेछु कारण उक्त बालिकाको प्रत्युत्तरले। अब मलाई झन त्यो बालिका प्रतिको अद्रीश्य मोहले तानेको छ किनकी त्यसै त मीठो बोली ,झन उस्का कुराहरु कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील ?आज यो लेख डेन्भर आएर नै लेख्दैछु र त्यो बालिकालाई भेट्ने अभिष्ट पनि पालिरहेकी छु। हेरौ सन्जोग कस्तो जुर्ने हो ? शायद मैले उस्लाई साक्षात भेटेर नै मनोभाव बुझ्न सक्षम हुन्छु होला र मेरो आकाक्षा पूरा होला ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 26 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु