आधुनिक भगीरथ

- शरद जोशी

मेरो टोलका एकजना ठेकेदारले आफ्नी आमालाई गङ्गा स्नान गराउन हरिद्वार लिएर गए । गङ्गाको छेउको एउटा धर्मशालामा गएर बसे । साँझपख गङ्गाको किनारमा घुम्न गए ।गङ्गाको किनारमा उनले एकजना दिव्य पुरुष त्यहाँ उभिएर टकटकी लाएर गङ्गालाई हेरिरहेको देखे । ठेकेदार त्यो दिव्य व्यक्तित्वबाट धेरै नै प्रभावित भए । त्यो व्यक्तिको अगाडि गएर उनले सोधे, ×तपाईंको शुभनाम के हो" ?
मेरो नाम भगीरथ हो ।" ती दिव्य पुरुषले जवाफ दिए ।
मेरो पनि चारजना भगीरथ नाम गरेका कर्मचारी छन् । आफ्नो पूरै परिचय दिनुस् न ।" उनले भने ।
"म त्यही भगीरथ हुँ जसले बषौँ पहिले यो गङ्गालाई यहाँ ल्याएका थिए । मेरा पुर्खालाई तार्नको लागि मैले गङ्गालाई यहाँ ल्याएको थिएँ।"
भगीरथको कुरा सुनेर ठेकेदार महोदयले प्रतिक्रिया भने, अहो , यो त निक्कै ठूलो प्रोजेक्ट होला - मैले पनि यस्तो ठूलो प्रोजेक्ट पाएँ भने त पूर्खामात्र होइन, आगामी पुस्ता नै तार्न सक्छु ।"

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 7 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु