सहिदको छोरो

- कुवेर लिम्बुखिम

- बाबू तिम्रो नाम के हो ?
- गर्भे ।
- तिम्रो बाको नाम के हो ?
- सहिद
- तिम्रो आमाको नाम ?
- पोई टोकुवा बोक्सी
- तिम्रो बाजेको नाम ?
- मानवीर साहू
- तिम्रो भाइ पनि छ ?
- छ
- भाइको नाम के हो -
- बतासे
- तिमी यहाँ के गर्र्छौ -
- कान्छीको होटलमा भाँडा माझ्छु ।
- जागीर कति छ ?
- खाएर महिनाको सय रूपैया“
- कति वर्षपुग्यौ ?
- नौ वर्ष
- तिम्रो बाको सपना के थियो नि तिमीलाई थाहा छ ?
- कुन्नि आमा प्रजातन्त्र भन्नुहुन्थ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 7 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु